लुम्बिनी बाणिज्य क्याम्पसलाई ३० बिगाहा जग्गा

२०७८ चैत्र २७ गते, आईतवार

बुटवल । बुटवलमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसलाई विश्वविद्यालय बनाउन थालिएको पहल सुरु भएको छ ।

यसका लागि आवश्यक पर्ने ३० बिगाहा जग्गाको जोहो बुटवल उपमहानगरपालिका–१२ मा भएको छ । जिल्लास्तरीय प्रशासनिक कार्यालयको समन्वयमा बुटवलले सार्वजनिक महत्व र सरोकारका संरचना निर्माणका लागि बुटवल १२ मा जग्गा प्रदान गरिएको मेयर शिवराज सुवेदीले बताए ।

बुटवलले अतिक्रमण भएका जग्गा फिर्ता ल्याउँदै खेर गएका जग्गाको संरक्षण गरि सार्वजनिक महत्वका संरचना निर्माणका लागि जग्गा सिफारिस गरेको वडा नं- १२ का अध्यक्ष दुर्गा सुवेदीले जानकारी दिए ।

सामुदायिक वन उपभोक्ता समूह र लुम्बिनी वाणिज्य क्याम्पसका बीचमा जग्गाको उपभोगका सम्बन्धमा १० बुँदे सहमति भएको छ ।

194 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal