राप्रपा शिवराज नगर कार्यसमितिको बैठक सम्पन्न 

२०७८ चैत्र २७ गते, आईतवार

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शिवराज नगर कार्यसमितिको बैठक सम्पन्न भएको छ । उक्त बैठक चन्द्रौटाको शिवालय मन्दिरमा सम्पन्न भएको हो । उक्त बैठकले ११ वटै वडाबाट प्रतिनिधित्व रहेको राम बहादुर रायमाझिको संयोजकत्वमा रामु भुसालसहितको १३ सदस्यीय निर्वाचन परिचालन समिति, ऋषि राम खनालको संयोजकत्वमा नारायण आचार्य, जनक भुसालसहितको ९ सदस्यीय निर्बाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।

यस्तै बैठकले राम अचल चौधरीको संयोजकत्वमा गंगा राम कुर्मी, दामोदर मिश्रसहितको ५ सदस्यीय अनुगमन समिति गठन गरेको छ । उक्त बैठकले यहि चैत मसान्तसम्म नगर कार्यसमितिको चुनाव प्रचार सम्पर्क कार्यलय खोल्ने र वैशाख ५ गतेसम्म वडाको सम्पर्क कार्यलय खोल्ने निर्णय समेत गरेको छ ।

उक्त बैठकलाई निर्देशन दिदैं पार्टिका केन्द्रिय सदस्य ध्रुब रायमाझिले पार्टिले लिएको एजेन्डा र नेतृत्व प्रति आम मानिसको आकर्षण रहेको र अज युवाहरु नै आफै खोजि खोजि पार्टि प्रबेश गरेकाले अब बिकल्प राप्रपा मात्र रहेको बताउनुभयो । उहाँले राप्रपामा लाग्नु र राप्रपालाई मतदान गर्नु भनेको मुलक बचाउने र बनाउने अभियानमा लाग्नु हो भन्दै पार्टिको चुनाव चिन्ह हलोमा मतदान गरि राप्रपाका उम्मेद्वारलाई विजयी गराउन घर घर पुगेर जनतालाई बुझाउन निर्देशन दिनु भयो ।

सोही बैठकमा विभिन्न पार्टि परित्याग गरि ३५ जना पार्टिको सदस्यता लिई राप्रपामा प्रवेश गरेका छन् । उक्त कार्यक्रममा क्षेत्र नम्बर ३ क प्रदेशसभा अध्यक्ष गंगाराम कुर्मि, बाणगंगा नगर अध्यक्ष गिरिराज कँडेल , बुद्दभुमि नगर अध्यक्ष लिलाखर अधिकारी, राप्रपा नेता भिष्म ठुगांना, नवराज अधिकारी, रामबहादुर थारु, बेलबहादुर कुवँर लगायतको उपस्थितमा रहेको थियो । शिवराज नगर कार्यसमितिका अध्यक्ष रामबहादुर रायमाझिको अध्यक्षता रहेको बैठक ऋषि राज खनालको संचालनमा सम्पन्न भएको हो ।

258 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal