कृष्णनगरको मेयरमा एमालेबाट कुनाल प्रताप शाह “क्लोज टु कन्फर्म”

२०७८ चैत्र २७ गते, आईतवार

सुमन पौडेल, कपिलवस्तु । आसन्न स्थानिय निर्वाचन २०७९ मा कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको मेयर पदका लागि धेरै उम्मेदवार हरुको आकाक्षा बढ्दो छ । सत्तारूढ गठबन्धनले कपिलवस्तुका गठबंधन गर्ने कि नगर्ने भन्ने बिषयमा बैठक गरिरहदा सत्तारुढ गठबन्धनलाई ठुलो धक्का दिन नेकपा एमालेबाट लोकप्रिय युवा नेता कुनाल प्रताप शाहको उम्मेदवारी रहने संभावना निकै बलियो छ । सत्तारुढ दलले गठवन्धन गरेता पनि बागी उम्मेदवार धेरै रहने संभावना रहेको कृष्णनगरमा सिके राउत नेतृत्वको जनमत पार्टी बाट मनोज कुमार ओझाको उम्मेदवारी फिक्स भए सङै गठबन्धनले क्याल्कुलेट गर्दा कुनाल प्रताप शाह सङ भिड्न गठबन्धन आवश्यक रहेको औंल्याएको छ ।

कृष्णनगरमा नेकपा एमालेबाट मेयर पदमा दुई जना आकाक्षी रहेता पनि कुनाल प्रताप शाहको लोकप्रिय जनमतको कारण ले नेकपा एमालेले कृष्णनगरको नेतृत्वमा कुनाल पताप शाहलाइ अघि ल्याउने तयारी गरेको छ । केही दिन अघि नेकपा एमाले का अध्यक्ष केपि शर्मा ओलि कुनाल प्रताप शाह सङै ८ हजार जना प्रवेश गराउन कपिलवस्तु आएका थिए । अध्यक्ष ओलिको कपिलवस्तु आगमन, कुनाल प्रताप शाहको लोकप्रिय जनमत र एमाले उम्मेदवारमा शाह परिवार बाट उम्मेदवार आउने भने पछि आत्तिएको गठबन्धनले कपिलवस्तुमा गठबंधन गर्ने कि नगर्ने अझै टुङ्गो लगाएको छैन ।

यद्यपि एमालेबाट दुई जना संभावना बोकेका उम्मेदवारहरु कुनाल प्रताप शाह र शिव प्रसाद जयसवाल भने चुनाबी माहोलमा होमिएका छन । नेकपा एमाले कृष्णनगरमा दुई मत नभै एक उम्मेदवार लाई सर्वसहमत सिफारिस गर्नेमा एमाले कृष्णनगर लागि रहेको देखिन्छ । कृष्णनगर वासी हरु भने कृष्णनगरको मेयरमा कुनाल प्रताप शाहको चर्चा र प्रबल संभावना देखिए सङै जित पनि सुनिश्चित रहेको बताउछन । जनता माझ लोकप्रिय युवा नेता, भिजन र योग्यताले सक्षम रहेका नेता शाहको मेयर पद क्लोज टु कन्फर्म अर्थात जितको निश्चित छ ।

644 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal