रुपन्देहीको तिलोत्तमामा एक अर्ब बढीको लागतमा ‘सुपर मार्केट’
भैरहवा । रुपन्देहीको मणिग्राममा एक अर्ब बढीको लागतमा एन जि मार्केट खुलेको छ । आई.एन. जी. ए सपिड. कम्प्लेक्स प्रालिले मार्केट संचालनमा ल्याएको प्रालिका अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए ।
तिलोतमा नगरपालीका वडानं ५ राधाकृष्ण टोलमा संचालनमा आएको मार्केट बैशाख १ गतेदेखि औपचारीक सुरु हुने छ । तिन चरणमा संचालन हुने मार्केटमा पहिलो चरणमा बैशाख १ गते देखी घरायसी समानहरु खाद्धान्न, लत्ताकपडा, लगायत आबस्यक सम्पुर्ण समानहरु रहेको अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए । साथै एकै पटक चार सय जनाले सेवा लिन सक्ने रेष्टुरेन्ट पनि संचालनमा आउने छ ।
दोसो चरणमा लेडिज तथा जेन्सहरुका लागी आबस्यक बुटिकका सामानहरु देखी लिएर लेजिड एण्ड जेन्स पार्लर, कस्मेटिक लगायतका पसलहरु रहेको मार्केट संचालनमा आउने छ । यो मार्केट बैशाखको अन्त्यमा संचालनमा आउने छ । तेस्रो चरणमा घर, होटल, अफिस लगायतका स्थानहरुमा आबस्यक पर्ने फर्निचरका समानहरुको सोरुमको सुभारम्भ गर्ने तयारी रहेको प्रालीका अध्यक्ष नारायण बन्जाडेले बताए । तेस्रो फनिचर सोरुम संचालनमा आउन थप ३ महिना लाग्ने उनले बताए ।
बैशाख १ गते बाट अनौपचारीक रुपमा मार्केट संचालनमा आए पनि यसको समुद्धघाटन कार्यक्रम भने मार्केट पुर्ण रुपमा संचालनमा आएपछि गरिने प्रालिका अध्यक्ष बन्जाडेले बताए । एकै छानामुनी सबै प्रकारका समानहरु पाईने यो नेपालकै ठुलो मार्केट रहेको उनले दाबी गरे । दुई लाख स्क्वारफुट क्षेत्रफल रहेकोमा ८० हजार स्क्वारफुट क्षेत्रफलमा मार्केट रहेको छ । ८० हजार स्क्वायर फुट क्षेत्रफलमा फैलीएको यो नै पहिलो मार्केट रहेको उनले दाबी गरे । मार्केट फुलफेजमा संचालनमा आउदा २ सय जनाले रोगगारी पाउने उनले बताए ।
हाल मार्केटमा एक सय जनाले रोजगारी पाएका छन् । मार्केट बाट ग्राहकले घरमै बसी बसी सुबिधा लिन सक्ने बन्जाडेले बताए । कम्पनीले घर घरमै पुगेर पनि सेवा दिने गरी काम गर्न गैरहेको उनले बताए । एउटै छानामुनी रहेको यो मार्केट जिल्लाको लागी एउटा साईट सिन पनि बन्न सक्ने उनले दाबी गरे । बिभिन्न जिल्लाहरु बाट अवलोकन भ्रमणका लागी आउने आन्तरिक पर्यटकहरुका लागी अवलोकन गर्न मिल्ने खालको मार्केट बनेको उनले बताए ।
एकै ठाउमा एकै तलामा यति ठुलो मार्केट नेपालमा छैन उनले भने । तर्सथ रुपन्देही घुम्न आउनेहरु यहा सम्म एक पटक आउने गन्तब्य बन्न सक्छ । मार्केटमा आएर खरिद गर्नै पर्दछ भन्ने पनि छैन ब्यापार गर्न चाहनेहरुका लागी सिक्ने अवसर पनि बन्ने उनले बताए । सिदार्थ राजमार्गको भैरहवा बुटवल सडक खण्ड अन्तरगत मणिग्राममा हाईवेसंग जोडिएको एन जि मार्केट एक अर्ब बढीको लगानीमा संचालनमा आएको प्रालीका अध्यक्ष नारायण बन्जाडेले बताए ।