गौतम बुद्धमा व्यावसायिक उडानको लागि मन्त्री आलेको निम्तो

२०७८ चैत्र २९ गते, मंगलवार

हैदराबाद, भारत । सञ्चालनको तयारीमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडानका लागि नेपालले विश्वभरका वायुसेवा कम्पनीलाई निम्तो दिएको छ । दक्षिण भारतको तेलंगानास्थित हैदराबादमा आयोजित ‘विंग्स इन्डिया स् ग्लोबल एभिएसन समिट २०२२’ को उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्यस्तो निम्तो दिएका हुन् ।

नेपालले भगवान् बुद्धको जन्मजयन्तीको साइत पारी १६ मे ९जेठ २० देखि व्यावसायिक सञ्चालनका लागि विमानस्थलको तयारी पूरा गरेको छ । म उडानसँग सरोकार राख्ने सबैलाई बुद्धको जन्मथलोमा निमन्त्रणा गर्न चाहन्छु,’ मन्त्री आलेले भने ।

सरदार पटेलरोडस्थित बेगमपेट विमानस्थलमा बिहीबारबाट सुरु भएको चार दिने हवाई मेलामा मन्त्री आलेले नेपालको नागरिक उड्डयन नीति वैदेशिक लगानीकर्तामैत्री भएको उल्लेख गर्दै भारतलगायत सहभागी मुलुकका विमान उत्पादक, वायुसेवा–कार्गो सञ्चालक, एमआरो ९जहाज मर्मत गर्ने संस्था०, विमानस्थल लगानीकर्तालगायत उड्डयन व्यवसायसँग सरोकार राख्नेहरूलाई नेपालको खुला आकाश नीतिको अधिकतम लाभ उठाउनसमेत आग्रह गरे । कार्यक्रममा भारतका उड्डयनमन्त्री ज्योतिरादित्य सिंधिया पनि सहभागी थिए ।

भारतको हैदरावादमा आयोजित ‘विंग्स इन्डिया स् ग्लोबल एभिएसन समिट २०२२’ मा प्रदर्शनीमा राखिएको एयर बसको पछिल्लो उत्पादन ए ३५० वाइडबडी विमान अवलोकन गरेर फर्कँदै नेपाल, भारत, लावस, फ्रान्स लगायतका पर्यटन तथा उड्डयन मन्त्रीहरु ।

भारत सरकारको निम्तोमा नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका पदाधिकारी–कर्मचारीसहितको नेपाली टोलीको नेतृत्व गर्दै शुक्रबार नयाँदिल्ली हुँदै हैदराबाद आइपुगेका मन्त्री आलेले भारतलाई श्रीलंकाका बौद्धमार्गी पर्यटकलाई लुम्बिनीमा सहजै पुर्‍याउनका लागि बैंग्लोरबाट कोलम्बो उडानका लागि नेपाली वायुसेवाको बाटो खोलिदिनसमेत अनुरोध गरे । पछिल्ला वर्ष बैंग्लोर नेपाली विद्यार्थीहरूले रुचाएको शैक्षिक हब हो । त्यहाँको श्रमबजारमा पनि थुप्रै नेपाली वर्षौंदेखि आउजाउ गर्दै आइरहेका छन् ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार चारवटा जेट विमान भएको निगमले बैंग्लोर–कोलम्बो उडान गर्ने योजना बनाइरहेको छ । काठमाडौंबाट बैंग्लोर हुँदै श्रीलंकाको कोलम्बो जान निगमले भारतलाई ‘फिफ्थ फ्रिडम राइट’ ९पाँचौँ स्वतन्त्रता अधिकार० उपयोग अन्तर्राष्ट्रिय उडान अनुमति माग्दै आइरहेको छ । यो अधिकारमा वायुसेवालाई तेस्रो गन्तव्यका यात्रु लैजाने–ल्याउने विशेषाधिकार रहन्छ ।

नेपालसहित १५ मुलुक तथा भारतका २५ प्रदेश सरकार सहभागी कार्यक्रममा मन्त्री आलेले भैरहवा सञ्चालन भएको ६ महिनापछि पोखरामा नेपालको अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा रहेको समेत जानकारी दिए । कोरोना महामारीबाट भर्खरै तंग्रिएको नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाली ध्वजावाहक वायुसेवालाई कोलकाता र हैदराबादमा उडान खोल्न सहयोग गरिदिन पनि मन्त्री आलेले भारतीय पक्षलाई आग्रह गरे । उनले अब सञ्चालनमा आउन लागेको पोखरा र भैरहवा विमानस्थललाई जोड्न लिमा–६२६ हवाई रुटलाई दुईतर्फी बनाइदिन पनि अनुरोध गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेका अनुसार पश्चिम नेपालका भैरहवा र महेन्द्रनगर वायु क्षेत्रबाट जहाज निस्किने मात्रै एकतर्फी रुट छन् । मध्यपूर्वी मुलुक तथा नयाँदिल्ली हुँदै यी रुटबाट जहाज नेपाली वायु क्षेत्रभित्र प्रवेश गर्न पाउँदैनन् । नेपालले ०७५ कात्तिकमा भारतसँग दुईपटक संयुक्त प्राविधिक बैठकमा महेन्द्रनगरको वायुक्षेत्रबाट नयाँदिल्ली हुँदै पश्चिमी मुलुकहरूतर्फ जाने रुटलाई दुईतर्फी बनाउन सहमति भएको थियो । तर, भारतले तीन वर्षयता प्राविधिक बैठकले ‘सदर गरेका’ विषयमा अन्तिम निर्णय गरिसकेको छैन ।

मन्त्री आलेले महेन्द्रनगरमाथिको लिमा–६२६ हवाई रुटलाई दुईतर्फी बनाइदिन यसअघि कात्तिकमा नयाँदिल्ली पुगेका बेला पनि मन्त्री सिंधियालाई भनेका थिए । यसपटक पनि उनले यो विषय प्राथमिकतासाथ उठाए । ‘नेपाल हालको लिमा ६२६ हवाई रुटलाई द्विपक्षीय रुटका रूपमा बनाउन चाहन्छ । यदि यो रुट दुईतर्फी भएमा यसले हवाई इन्धन खपत घटाउने तथा कार्बन उत्सर्जनमा पनि कमी ल्याउनेछ,’ उनल भने । शनिबार उद्घाटनपछि आयोजित फ्रान्स, लाओस, भारतसहितका पर्यटन तथा उड्डयन मन्त्रीस्तरीय छुट्टै बैठकमा पनि आलेसहित नेपाली प्रतिनिधिमण्डलले सिंधियालाई नेपाल र भारतसँग जोडिएका विषयबारे पत्र बुझाए ।

‘विंग्स इन्डिया स् ग्लोबल एभिएसन समिट २०२२’ को शुक्रबार उद्घाटन समारोहमा भारत सरकारको उड्डयन सम्बन्धी नीतिगत संग्रह ुउडानुको विमोचन गर्दै नेपालका पर्यटनमन्त्री प्रेम आलेसहित विभिन्न देशका पर्यटन तथा उड्डयनमन्त्रीहरु ।

आलेसँगको भेटमा भारतीय समकक्षी सिंधियाले नेपालको मागबारे आफू सकारात्मक रहेको बताएका छन् । ‘भारतीय नागरिक उड्डयनमन्त्रीले नेपालको मागमा सकारात्मक भएको बताउँदै गरिदिन्छु भन्नुभएको छ,’ दुई मन्त्रीबीच भएको भेटवार्तामा सहभागी एक नेपाली अधिकारीले कान्तिपुरसँग भने ।

पछिल्ला वर्ष भारतले उड्डयन क्षेत्रमा आक्रामक शैलीमा लगानी गरिरहेको छ । विश्व बजारमा भारत उडान संख्या र यात्रुतर्फ आन्तरिक उडानमा तेस्रो र अन्तर्राष्ट्रिय उडानमा सातौं स्थानमा छ । भारतमा दैनिक ४ लाख जनाले हवाई यात्रा गर्छन् । मन्त्री सिंधियाले सबैका लागि उडान अवधारणाका साथ भारतले ड्रोन, कार्गो, व्यावसायिक उडानलगायतमा नीति बनाइरहेको सुनाए । ‘हामी सन् २०३० सम्म नागरिक उड्डयन क्षेत्रमा विश्वमै पहिलो स्थानमा पुग्ने लक्ष्यमा छौं,’ उनले भने, ‘७ वर्षमा ६० वटा विमानस्थल थप्यौं । सन् २०२५ सम्म थप ८० वटा विमानस्थल बनाउने योजना छ ।’

106 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal