अर्घाखाँचीमा ट्याक्टरले किच्दा ११ वर्षीया बालिकाको ज्यान गयो

२०७८ चैत्र ३० गते, बुधबार

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ पालीमा ट्याक्टरले किच्दा एक बालिकाको ज्यान गएको छ । अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया बालिका नमुना कुमाललाई लु२त ९३७१ नम्वरको ट्याक्टरले किचेको र उनको घटनास्थलमै ज्यान गएको हो । ट्याक्टरमा बसेर विद्यालय जाँदै गरेकी बालिका कुमाल स्कुल नजिकै पुगेपछि ट्याक्टरबाट खसेको र ट्याक्टरको बीचको टायरले किचेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

अर्बका आधारभूत विद्यालयका शिक्षक पदम पौडेलका अनुसार बुधबार बिहान करिब ९ बजेतिर दुर्घटना भएको हो । मृतक बालिका परीक्षा दिन विद्यालय जाँदै थिइन् ।

विद्यालय आउनै लागेपछि बालिका आत्तिएर झरेको र ब्रेक लगाउँदा लगाउँदै बीचको टायरमा टाउको परेको स्थानीयले बताए । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

137 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal