अर्घाखाँचीमा गठबन्धन बीच सिट वाडफाड सकस तालमेलको अन्योलता बढ्दै

२०७९ बैशाख १ गते, बिहीबार

सन्धिखर्क । देश मै सबैभन्दा पहिला ५ दलिय गठबन्धन थानीर चुनावमा जाने सहमति गरेको अर्घाखाँचीमा सिट वाडफाठमा सकस देखा परेपछि अन्योलता वढ्दै गएकोछ । स्थानीयतहको चुनावका लागि एमालेको तल्लो कमिटीबाट उम्मेदवारको नाम सिफारिसभई सकेको छ। यसरी एमालेले उम्मेद्वार टुङ्गो लगाउदै गर्दा गठबन्धनलाई भने उम्मेद्वार चयनमा सकस परेको छ । स्थानीय चुनावमा गठबन्धन गरेर जाने सहमति भए पनि कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा गठबन्धन दलहरुबीच विवाद छ । गठबन्धनबाट पालिकामा कुन दलको को उम्मेदवार बन्ने भन्नेबारे विवाद छ ।

केन्द्रमा समेत गठबन्धन गर्ने वा नगर्ने भनेर निर्णय नहुदै गठबन्धन गर्ने निर्णय गरेको अर्घाखाँचीमा पनि एमालेले उम्मेद्वार सिफरिस गरिसक्दा समेत गठबन्धन अन्यौलमा परेको छ । पालिकाको भागबन्डा नमिल्दा अझै उम्मेद्वार तय हुन सकेका छैनन । गठबन्धनका सबै दलका उम्मेद्वारका आकांक्षी बढिरहेका छन तर दलिय भागबन्डा नमिल्दा उम्मेद्वार सम्बन्धि निर्णय हुन सकेको छैन ।चुनाबको मिति नजिकिदै गर्दा गठबन्धनको बैठक बस्ने र बिना निष्कर्स सकिने भइरहेको छ । यसले गठबन्धनलाई नै असर गर्ने देखिन्छ ।

128 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal