स्वर्गिय डा. रुद्र प्रताप शाह: राजनितिज्ञ शाहको पार्थीव शरिरमा समझदारीमा झण्डा ओढाइएन

२०७९ बैशाख २ गते, शुक्रबार

कपिलवस्तु । कपिलवस्तुको प्रजातान्त्रिक आन्दोलनमा ठुलो क्षति भएको छ । लामो समय नेपाली कांग्रेसको राजनीतिमा योगदान गरेका नेता डा. रुद्र प्रताप शाहको निधनले यस्तो भएको हो । उहाँ पछिल्लो समय ८४ वर्षको उमेरमा आफूले काँंग्रेस त्यागेको भन्दै आफ्नै निवासमा एमालेका नेताबाट एमालेमा प्रबेश गर्नु भएको थियो । उहाको केहिदिन यता आइसियूमा राखेर उपचार भई रहेकोमा निधन भएको हो ।

पूर्ब प्रधानमन्त्री केपि ओली कपिलवस्तु आउने सभामा आतिथ्यता ग्रहण गर्न आउने प्रतिवद्धता जनाएका डा. शाह विरामी भएपछि अस्पतनलमा भर्ना हुनु भएको थियो । उहाकै प्रेरणमा नाती कुनाल प्रताप शाह केहिदिन अघि एमालेमा प्रबेश गर्नु भएको हो । स्वर्गिय शाहको पार्थीव शरिमा अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस र एमालेका केन्द्रिय नेता हरु पुगेका थिए । उहाँ लामो समय कांग्रेसमा रहेको र पछिल्लो समय एमालेमा प्रबेश गरेकाले कुन पार्टीले झण्डा ओढाउने भन्ने अन्योलता देखिएको थियो ।


एमाले र कांग्रेसका नेताहरु झण्डा ओढाउन पुगेपछि दाहँसस्कारमा कसैको पनि झण्डा ओढाइएन उच्च राजनैतिक सस्कार देखाउदै झण्डा ओढाउने हानथाप नगरिएको एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनु भयो । उहाले राजनीति लामो समय कांग्रेसमा गर्नु भयो । केहि दिन अघि एमाले प्रबेश गर्नु भयो । दुबै तर्फवाट झण्डा ओढाउने तयारी देखिएकोले समझदारीमा कसैले पनि ओढाइन उहाले भन्नु भयो ।

272 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal