अलबिदा डा. रुद्र प्रताप शाह !

२०७९ बैशाख २ गते, शुक्रबार

सुमन पौडेल, कपिलवस्तु । कपिलवस्तुको प्रजातान्त्रिक आन्दोलनमा ठुलो क्षति भएको छ । लामो समय नेपाली कांग्रेसको राजनीतिमा योगदान गर्नु भएका नेता डा. रुद्र प्रताप शाहको निधनले नेपालीे राजनीतिमा ठुलो क्षति भएको छ । उहाँको केहि दिन यता अस्पतालमा आइसियूमा राखेर उपचार भई रहेको बेला निधन भएको हो ।


उहाँ पछिल्लो समय ८४ वर्षको उमेर सम्म उहाँले काँंग्रेसमा राजनीति गर्नु थियो । तर उहाले हालचाल मै काँंग्रेस पार्टी त्यागेको भन्दै आफ्नै निवासमा एमालेका शिर्ष नेताबाट एमालेमा प्रबेश गर्नु भएको थियो । जीवनका ८८ बर्ष कटाउदै गर्दा करिब ७० बर्ष राजनितिमा बिताउनुका साथ साथै करिब ३५ बर्ष नेपाली काङ्ग्रेस कपिलवस्तुमा सकृय योगदान पुर्याएका मुर्धन्य नेता डा .रुद्र प्रताप शाह जीवनको अन्तिम दिन तिर काङ्ग्रेस प्रति मोह भङ्ग भएर उहाले नेकपा एमालेको सदस्यता लिनका लागि नेताहरुलाई आफनै निवासमा बोलाउनु थियो । तर आफु मात्र नभई आफ्नो परिबारबाट हाल सम्म कोहि पनि एमालेमा नरहेकोले उक्त दिन देखि उहाको नाति कुनाल प्रताप शाहलाई पनि एमालेमा प्रबेश गराउनु भयो ।

गत चैत्र १४ गते कृष्णनगर बजारमा एमालेको आम सभा राखेर एमालेमा कृष्णनगर क्षेत्रबाट हजारौ जनता एमालेमा प्रबेश गरादै मन्चमा भाषण गर्न चाहनु भएका डा शाह चैत्र १० गते देखि बिरामि पर्नु भयो । नेकपा एमाले कपिलवस्तुले भने नेकपा एमालेका अध्यक्ष केपि ओलिको उपस्थितिमा उहालाई सम्मान अभिनन्दन गर्न चाहे पनि उहा बिरामि पर्नुको कारण कार्यक्रममा उपस्थित हुन सक्नु भएन ।


उक्त कार्यक्रममा संघीय सम्सद बृजेश कुमार गुप्ता प्रदेश सम्सद धर्मराजलाल श्रीबास्तव सहित १० हजार जनाको प्रबेश कार्यक्रम जिल्ला सदरमुकाम तौलिहवामा सम्पन्न भयो । डा शाह बिरामिको कारण उपस्थित हुन सक्नु भएन तथापि उहाको परिवारबाट नाति कुनाल प्रताप शाहले हजुर बुवाको शन्देश सहित आफु एमालेमा प्रबेश गर्नु भयो । एमाले भएर जीवनलिला समाप्त गर्न चाहना राख्नु भएका कपिलवस्तुका अबिश्रान्त नेता डा. रुद्र प्रताप शाहले अन्तत जीवनबाट नै बिश्राम लिनु भयो । अन्तिमा श्रद्धाञ्जली डा शाह काम्रेड ।

377 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal