अब सम्झानामा मात्रै डाक्टर रुद्र प्रताप शाह

२०७९ बैशाख ४ गते, आईतवार

सुमन पौडेल, कपिलवस्तु । कपिलवस्तुको राजनीति क्षेत्रमा ठुलो क्षति भएको छ । लामो समय नेपाली कांग्रेसको राजनीतिमा योगदान गर्नु भएका नेता डा. रुद्र प्रताप शाहको निधनले नेपालीे राजनीतिमा ठुलो क्षति भएको छ । उहाँको केहि दिन यता अस्पतालमा आइसियूमा राखेर उपचार भई रहेको बेला निधन भएको हो ।


भनिन्छ काम गर्ने मान्छेलाई कुनै सिमानाले छेक्दैन । काम गर्ने मान्छे विश्वको जुनसुकै कुनामा गए पनि आफनो छाप बनाउन सक्छ । त्यसको गतिलो उदाहरण बनेको छ कपिलवस्तु कृष्णनगरका शाह परिवार । शाह परिवार नेपाल मात्र नभई छिमेकी मुलुक भारतमा समेत उदहारणीय काम गरी नेपालीको शिर उचो राख्ने काम गरेको छ । शाह परिवार भारतको उतर प्रदेश सिद्धर्थनगर जिल्ला बढनीमा रहेको गांधी इन्टर कलेजमा विगत ३१ बर्ष देखी अध्यक्ष र प्रबन्धक पदमा रहि शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याइ रहेको छ । गांधी इन्टर कलेजका रुद्र प्रताप शाह विगत ३१ बर्ष देखी सो प्रबन्धक पदमा रही काम गर्दै आएकोले उहाले अध्यक्ष समेत भई काम गर्नु भएको थियो । शाहले गांधी इन्टर कलेजको स्थापना हाम्रो अग्रजले गरेकाले शिक्षाको मध्ययमबाट दुई देशको मनमुटवा अन्त्य गर्न आफु अध्यक्ष बनेको बताउनु भएको थियो ।

उहाले विद्यार्थीहरुको शिक्षामा गुणस्तरीयता, विद्यालयमा डिग्री सञ्चालनका पहल र विद्यालयको भौतिक संरचना निर्माणमा आफुले पहल गरेको समेत बताउनु भयो । उहाले यो अन्तरालमा धैरे कठिनाई बाट विद्यालयलाई यहा सम्म पुर्याउन सकेको अनुभव सुनाउनु भयो । कलेजको चौतर्फी विकासको लागि सबैको सकारात्मक सहयोगको अवश्यता रहेको उहाले बताउनु भयो ।

उहाले भन्नु भयो हामी दुई देशको भए पनि हामीलाई कहिल्यै त्यो अनुभती भएन, हामी नेपाली भएपनि भारतका साथिहरुले हरपल सहयोग, सहकार्य गर्नू हुन्छ खुशी छौ । हामी एक परिवार जस्तै छौ । रुद्र र राकेश बावु छोरा हुन । यति मात्रै नभएर पछिल्लो समय ८४ वर्षको उमेर सम्म उहाँले काँंग्रेसमा राजनीति गर्नु थियो । जीवनका ८८ बर्ष कटाउदै गर्दा करिब ७० बर्ष राजनितिमा बिताउनुका साथ साथै करिब ३५ बर्ष नेपाली काङ्ग्रेस कपिलवस्तुमा सकृय योगदान पुर्याएका नेता डा .रुद्र प्रताप शाह जीवनको अन्तिम पल तिर काङ्ग्रेस प्रति मोह भङ्ग भएर उहाले आफनै निवासबाट नेकपा एमालेमा प्रबेश गर्नु भएको थियो ।

377 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal