शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यालय तोडफोड

२०७९ बैशाख ४ गते, आईतवार

नवलपरासी । नवलपरासीको गैँडाकोट– ५ स्थित जनक माध्यामिक विद्यालयमा अध्ययनरत एक छात्रालाई विद्यालयका शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विद्यालयमा तोडफोड गरेका छन् । कक्षा १२ मा अध्ययनरत छात्रालाई शिक्षक कपिल घिमिरेले ‘पोर्न भिडियो’ देखाएर जबर्जस्ती गर्न खोजेको भन्दै विद्यार्थीले विद्यालय तोडफोड गरेका हुन् ।

स्थिति तनावपूर्ण भएपछि विद्यालय परिसरमा दुईवटा मोटरसाइकल जलाइएको छ । शिक्षकलाई विद्यालयभित्र सुरक्षाकर्मीले सुरक्षा घेरामा राखेका छन् ।

केही दिनअघि शिक्षकले छात्रालाई दुर्व्यवहार गरेका थिए । तर, प्रहरी प्रशासनलाई जानकारी नदिई विद्यालयभित्रै घटना मिलाउन खोजेपछि विद्यार्थी आक्रोशित भएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले भने घटनाबारे कुनै प्रतिक्रिया दिन मानेन ।

209 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal