चर्चित अभिनेता अनमोल केसी र अभिनेत्री थापा भोलि कपिलवस्तु आउदै

२०७९ बैशाख ४ गते, आईतवार

कपिलवस्तु । चर्चित अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा भोलि कपिलवस्तु आउने भएका छन् । अहिले देशभर प्रदर्शन भइरहेको ‘ए मेरो हजुर ४’ को प्रमोशनको लागि ओयसिस सिनेमाज चार नम्बरमा केसी र थापासहितको टिम आउन लागेको हो । सिनेमाजका संचालक नविन भण्डारीका अनुसार महध्यान्ह १२ बजेसम्म उनीहरु हलमा आउने छन् ।

केहीसमय यस क्षेत्रका दर्शकसंग भलाकुसारी गरी उनीहरु फर्कने भण्डारीले बताउनु भयो । थापा र केसी पहिलोपटक कपिलवस्तु आउने भएपछि यस क्षेत्रका दर्शकहरु उत्साहित भएका छन् ।

अनमोलसहितको टोली आउने भएपछि टिकट बुकिङ पनि भइरहेको भण्डारीले बताउनु भयो । यसै हप्ता प्रदर्शनमा आएको ए मेरो हजुर चारले अहिलेसम्म करिब ४ करोडको ग्रस कलेक्सन गरेको छ ।

226 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal