राप्रपा शिबराज: मेयरमा सइद अहमद शाह र उपमेयरमा विपसा चौधरी

२०७९ बैशाख ५ गते, सोमबार

कपिलबस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टीले शिवराज नगरपालिकाका उम्मेदवारहरु छनोट गरेको छ । सोमवार चन्द्रौटामा पार्टी कार्यालयको उद्धघाटन कार्यक्रमको अवसरमा मेयर पदमा सइद अहमद शाह र उपमेयरमा विपसा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष रहेका शाहले आफ्नो एकल नाम सिफारिस भएकोले निर्वाचनमा सबैको सहयोग हुने बताउनुभयो । उहाँले मेयर पदको उम्मदेवारी घोषणा गर्दै अन्य पार्टीलाई पटक पटक हेरेको भएपनि एक पटक राप्रपालाई जिताउन अपिल गर्नुभयो । नगरको विकास गर्ने योजना आफु सग रहेकोले केहि दिनमै घोषणा पत्र सार्वजनिक गर्ने शाहले बताउनुभयो ।

राप्रपा प्रति नागरिकहरुको आर्कषण बढि रहेको र आफुले नेत्तृत्व गरेर शिवराजमा हुने निर्वाचनमा आफु लागि पर्ने बताउनुभयो । त्यस्तै उपमेयरकम विपसा चौधरीको नाम सिफारिस भएको छ । एकल नाम सिफारिस भएकोले उम्मेदवारी नै घोषणा गरिएको हो । नगरवासिहरुको चाहाना अनुसार विकास हुने भएकोले मतदान गरि निर्वाचित गराउन चौधरीले अपिल गर्नुभयो ।

326 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal