शिबराजको नेतृत्व गर्न जसपा बाट रहिश शाह आकाक्षिं

२०७९ बैशाख ५ गते, सोमबार

कपिलवस्तु । आसन्न बैशाख ३० गते को निर्वाचनमा कपिलवस्तु जिल्लाको शिबराज नगरपालिकाको नेतृत्व गर्नको लागि जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट रहिश शाहले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । जसपा लुम्बिनी प्रदेश कमिटी सचिब समेत रहनु भएका शाहले शिबराज नगरपालिकामा मेयर पदको लागि उम्मेद्बारी दिन लाग्नु भएको हो ।

यस्तै जसपा बाट शिबराजको नेतृत्व गर्नको लागि कृष्ण कुमार चौधरी पनि आकाक्षिं हुनुहुन्छ । तर जसपा शिबराजले भने कुनै निर्णय लिइसकेको छैन । बैशाख ६ गते बस्ने नगर कार्य समितिको बैठकले उम्मेदवार सिफारिस गर्ने र वडा हरुमा पनि उम्मेदवारी सिफारिस छिटै नै गरिने जसपा शिबराजका नेता तथा जसपा बाट शिबराज नगरपालिका वडा ५ को उम्मेदवार प्रत्याशी अरसलान खाँन ले बताउनु भएको छ ।

यस्तै जनता समाजवादी पार्टी बिजयनगरले भने उम्मेदवार टुङ्गो लगाएको छ । कपिलवस्तुका अन्य पालिकामा पनि जसपाले उम्मेदवार सिफारिस गर्नेमा तिब्रता दिएको छ ।

121 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal