सिद्धार्थ क्याम्पस बुङ्चिमा शैक्षिक क्यालेन्डर बिमोचन एवं नव आगन्तुक विद्यार्थलाई स्वागत

कपिलवस्तु । कपिलवस्तु स्थित सिद्धार्थ क्याम्पस बुङ्चिमा स्नातक तह अध्यानको लागि प्रथम वर्षमा पढ्न आएका नव आगन्तुक विद्यार्थी लाइ स्वागत एवं शैक्षिक क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थ क्याम्पस बुङ्चिको आयोजनामा क्याम्पसको सभाहलामा सम्पन्न भएको कार्यक्रममा स्वियु सभापति सुशील खत्रीको अध्यक्षता, पर्यटन ग्रामीण तथा सहरी राज्य मन्त्री रिना नेपालको प्रमुख आतिथ्यता क्याम्पस संचालक समितिका अध्यक्ष झबिलाल पोख्रेलको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै क्याम्पस संचालक समिति उपाध्यक्ष रबि बहादुर काफ्ले, क्याम्पस प्रमुख खेमराज शर्मा, पुर्व क्यामपस प्रमुख बालाराम ज्ञवालि, विभिन्न साखाका प्राध्यापक, रास्ट्रिय तथा स्थानीय कलाकारको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम लाई बिशिस्ट अतिथिका रुपमा सम्बोधन गर्दै पर्यटन ग्रामीण तथा सहरी राज्य मन्त्री रिना नेपालले केहि समय अघि सम्म हाम्रो समाजमा महिला र पुरुषको बिभेद रहेकोले महिला दिदि बैनिले पढ्न नपाएको तर अहिले त्यो अबस्था धेरै मात्रामा परिवर्तन भैसकेकोले धेरै कलेज तथा स्कुलमा ६०% महिला नै रहेको बताउनु भयो ।
क्याम्पसको भौतिक संरचना तथा जग्गाको लागि आफुले पहल गरिदिने पनि बताउनु भयो । कार्यक्रममा बोल्दै नेपालले भन्नुभयो “म पनि कपिलवस्तु बहुमुखी क्याम्पस मा पढेकी हु त्यसैले सिद्धार्थ क्याम्पसको बारेमा पनि राम्रो सङ्ग बुझेकि छु । क्याम्पसको शैक्षिक गुणस्तर निकै उत्कृष्ट छ, तपाइले राम्रो क्याम्पस चुज गर्नु भएको छ , कै सम्स्या होलान ति समस्या समाधान को लागि मैले पनि पहल गर्ने छु उहाँले भन्नुभयो ।”
त्यस्तै क्याम्पस संचालक समितिका अध्यक्ष झबिलाल पोख्रेलले बिशिस्ट अतिथिको रुपमा सम्बोधन गर्दै विद्यालयको व्यवस्थापनमा अहिले विशेष समस्या नभएको र समस्या भए तत्काल समाधान गर्न आफु तत्पर रहेको समेत बताउनु भयो ।
“सिद्धार्थ क्याम्पस यस क्षेत्रकै उत्कृष्ट क्याम्पस हो । क्याम्पसको शैक्षिक गुणस्तर राम्रो भएरै होला धेरै विद्यार्थीको रोजाइमा सिद्धार्थ क्याम्पस नै परेको छ, तपाइँहरु पनि इमान्दार भएर पढ्नुहोस नतिजा पक्कै राम्रो आउने छ ।” उहाँले भन्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा स्वयु सभापति सुशील खत्रीले सिद्धार्थ क्याम्पसमा विद्यार्थीका समस्या समाधान गर्न स्वियु निरन्तर लागिरहेको र समस्या भए स्वियुको कार्यलयमा आएर ढुक्कसँग भन्न पनि अनुरोध गर्नुभयो ।
कार्यक्रम मा बोल्दै खत्रीले भन्नुभयो ” हाम्रो कार्यकाल भन्दा अघि क्याम्पस मा धेरै समस्या थिए जस्तै क्यान्टिन, ट्वाइलेट, बस, वरिपरिको वातावरण तर हाम्रो कार्यकालमा यस्ता धेरै समस्या समाधान गर्यौ, अहिले विद्यार्थीको सुबिधाको लागि बसको पनि व्यवस्था गर्यौ अब होस्टेलको पनि व्यवस्था गर्छौ ।” उहाँले भन्नुभयो ।
शिक्षक, विद्यार्थी, कलाकार, पत्रकार लगायत कयौं ब्याक्तीको उपस्थितिमा सम्पन्न भएको कार्यक्रम अखिल क्रान्तिकारी जिल्ला कमिटी सचीव पुस्कर भुसालको स्वागत मन्तव्य तथा स्वयु सचीव दिनेश चौधरीको संचालनमा सम्पन्न भएको थियो ।