बाणगंगा २ मा एमालेबाट वडाध्यक्षमा नेता क्षेत्री बलिया आकांक्षीे

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ को वडाध्यक्ष पदको उम्मेद्वारमा कमल क्षेत्रीले आकांक्षा देखाउनुभएको छ । नेकपा (एमाले) को तर्फबाट वडाध्यक्ष पदका लागि बलियो दाबेदारको रुपमा देखिनुभएको छ । यहि बैशाख ३० गते शुक्रवारका दिन देशभरका ७ सय ५३ वटा स्थानीय तहमा हुने निर्वाचनको मिति नजिकिएसंगै चुनावी सरगर्मी तातिरहेको बेला क्षेत्रीले वडाध्यक्षको दावेदारको रुपमा आफुलाई प्रस्तुत गर्नुभएको छ ।
उहाँले पार्टीको जिल्ला कमिटि सदस्य, राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य, जिल्ला अध्यक्ष तथा पार्टीको तर्फबाट जिल्ला युवा सहईन्चार्ज समेत हुुनुहुन्छ ।
उहाँले आफ्नो फेस्बुक मार्फत वडाध्यक्षको दावेदार रहेको जानकारी दिनुभएको छ । क्षेत्रीले आफु प्रति नकारात्मक खालका भ्रामक हल्ला आएकोले नेकपा एमालेको अनुशाशीत कार्यकर्ता रहेको र नेकपा एमालेको तर्फबाट कपिलवस्तु जिल्ला वाणगगां नपा वार्ड नः २ को वडा अध्यक्षमा आफ्नो उम्मेद्वारीको आकांक्षा सहित उम्मेद्वारी दिएको र उम्मेद्वारी फिर्ता नलिएको समेत जानकारी गराउनुभएको छ ।
उहाँले पार्टी ले दिएको जिम्मेवारी र पार्टीको आदेश पालना गर्ने र टिकट पाएपनी नपाएपनी जितेर जिताएर देखाउने पनि स्पष्ट पार्नुभएको छ । सकेसम्म एक कार्यकाल जिम्मेवारी सम्हालेकालाई दोहोराउनु भन्दा नयाँ आउनेले झन राम्रो गर्छ भन्ने मान्यताका साथ अगाडि बढेको र यसमा बहालवाला जनप्रतिनिधि र सम्पुर्ण वडावासीको सहयोग रहने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
उहाँ एक युवा नेता र पार्टीको अनुशासित कार्यकर्ताको रुपमा चिनिनुहुन्छ ।