एमालेबाट बुद्धभूमि- ५ को वडाध्यक्षमा थापाको नाम सिफारिस

२०७९ बैशाख १० गते, शनिबार

कपिलवस्तु । नेकपा एमालेले बुद्धभूमि नगरपालिका वडा नं.५ को अध्यक्षका लागी रोमबहादुर थापालाई सिफारिस गरेको छ । वडा कमिटी बैठकले वडा अध्यक्षमा थापालाई उम्मेद्वार बनाउन सिफारिस गरेको हो । थापाले वडाको विकास एवम् समृद्धिका लागी आफ्नो उम्मेद्वारी रहने बताउनुभएको छ । थापा पछिल्लो समय कुशल युवा नेतृत्वका रुपमा स्थापित हुनुहुन्छ । उहाँले शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चित गर्ने दाबी गर्नुभएको छ । ‘शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चित गर्न मलाई भोट दिन सबैलाई आह्वान गर्छु ।’ उहाँले भन्नुभयो ।

वडालाई भ्रष्टाचार मुक्त वडा बनाउँदै जनतालाई शुसानको प्रत्याभूति दिलाउने उहाँले जिकीर गर्नुभयो । यस्तै वडामा रहेको स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने, वडाभित्र रहेको ९ वटा विद्यालयमध्ये एउटा विद्यालयलाई नमुना विद्यालय बनाउने, २० युनिट भन्दा कम विधुत खपत गर्ने गरिब, विपन्न परिवारलाई निशुल्क प्रदान गर्ने, ५ बर्षभित्र एक घर एक धाराको अवधारणा पुरा गर्ने, वडाभित्र रहेका हरेक विद्यालयका ५ गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृतिको व्यवस्था गर्ने जस्ता कार्य आफ्नो पहिलो प्राथमिकतामा पर्ने उहाँको भनाई छ ।

वडा नं.५ मा नेपाली कांग्रेसले गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा जित हात पारेको थियो । अहिले त्यो नतिजालाई उल्टाउन आफु सक्षम रहेको उहाँले दाबी गर्नुभयो ।

वडाका सम्पूर्ण अग्रज नेता कार्यकर्ताको समेत आफुलाई साथ सहयोग मिल्ने उहाँले विश्वास समेत व्यक्त गर्नुभएको छ । उहाँले विभिन्न संघसंस्थामा आवद्ध भई कुशल नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ । वडावासीको आवश्यकता एवम् अपेक्षालाई आत्मासाथ गर्दै आफु अघि बढ्ने उहाँले प्रतिवद्धता जनाएका छन् ।

वडावासीको माँझमा लोकप्रिय रहेनुभएका उहाँ सामाजिक कार्यमा समर्पित हुदैं आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न समक्ष देखिनुहुन्छ । वडाको नेतृत्व आफुले पाए वडालाई शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, सडक, विद्युत, कृषि, संचार हरेक क्षेत्रमा अगाडि बढाउने उहाँले जिकीर गर्नुभयो । उहाँले वडावासीलाई आफुलाई विश्वास गरेर एक पटक वडाको नेतृत्व गर्ने अवसर दिन आह्वान समेत गर्नुभएको छ । उहाँले पार्टीबाट प्राप्त जिम्मेवारी ईमान्दारीका साथ पुरा गर्दै आउनुभएको छ । समग्र क्षेत्रमा सदैव सक्रिय रहने उहाँ कुशल नेतृत्व गर्न सक्षम रहेको बताईन्छ । उहाँ वडाध्यक्षको बलियो दाबेदार रहेको बताईएको छ ।

187 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal