पूर्व राज्यमन्त्री डिम्पल झाको निधन
२०७९ बैशाख ११ गते, आईतवार

काठमाण्डौ । पूर्व राज्यमन्त्री एवम् लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश सभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।
क्यान्सर रोगले बिरामी झाको उपचारका क्रममा गएराति काठमाण्डौमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
पूर्व संविधान सभा सदस्यसमेत रहेकी उहाँ मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री बन्नुभएको थियो । उहाँ लोसपाका नेता अनिल झाकी पत्नी हुनुहुन्छ ।
126 Views