कृष्णनगरमा काग्रेंसबाट मनोज कनौडिया ‘क्लोज टु कन्फर्म’: रजत प्रताप शाह जसपा प्रवेश गर्ने तयारी
२०७९ बैशाख ११ गते, आईतवार

कपिलवस्तु । नेपाली कांग्रेस कृष्णनगरले नगरपालिकाको नेतृत्व को लागि मनोज कुमार कनोडियालाई छनोट गरेको छ । नेपाली कांग्रेस बाट रजत प्रताप शाहले टिकट पाउने भनी चर्चा गरिएता पनि कांग्रेस कृष्णनगरमा भने ट्विस्ट आएको छ । कृष्णनगर मा स्वतन्त्र उम्मेदवारी दिएका रजत प्रताप शाहले ०७४ सालको स्थानीय निर्वाचनमा कृष्णनगरमा जित हासिल गरेका थिए । केही महिना अघि मात्रै कांग्रेस प्रवेश गरेका रजत प्रताप शाह निर्वाचनको मनोनयन समयमा जसपा प्रवेश गर्न लागिएको उनी निकट कृष्णनगरका एक नेताले बताए ।
400 Views