बालेन शाहद्वारा काठमाण्डौ महानगरको मेयरमा उम्मेदवारी दर्ता

२०७९ बैशाख ११ गते, आईतवार

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो दर्ता गराउनुभएको छ । आज आइतवार बिहान घोषणापत्र सार्वजनिक गरेपछि शाहले दिउँसो काठमाण्डौका मेयरमा आफ्नो नाम दर्ता गराउनुभएको हो ।

उहाँले राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाण्डौ महानगपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउनुभएको हो । ३१ वर्षीय शाह स्ट्रक्चरल इन्जिनयरसमेत हुनुहुन्छ ।

यही वैशाख ३० गते हुने पालिका चुनावका लागि शाहले २८ बुँदै प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । यसअघि २०७४ सालको पालिका चुनावमा काठमाण्डौका मेयरमा नेकपा एमालेबाट विद्यासुन्दर शाक्य विजयी हुनुभएको थियो ।

114 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal