प्रगतिशील मोर्चा कञ्चन गाउँपालिकाको अध्यक्ष दिपक पौडेलले उम्मेद्बारी घोषण

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा प्रगतिशील मोर्चा कञ्चनले बैशाख ३० मा हुने चुनावमा उम्मेद्बारी घोषण सगै प्रतिबद्धता सार्वजनिक कार्यक्रम कञ्चन ३ हरैया बजार बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । कार्यक्रममा प्रगतिशील मोर्चाका संयोजक लक्ष्मी कान्ता शर्मा ले भ्रष्टाचार रहित बिकास को गति महिला बालबालिकालाई अधिकार सम्पन्न शिक्षा स्वास्थ्य आदिको लागि प्रगतिशील मोर्चालाई सबैले मतदान गर्नुपर्ने भनाइ राख्दै सत्ता फेरिएनी शासन गरिव माथिनै राजनीति गरेको र कञ्चन को समग्र बिकास को लागि प्रगतिशील मोर्चाले जित हातपारेमा कञ्चन बिकास को ढाचा परिवर्तन हुने बताउनु भयो ।
कञ्चन गाउँपालिकाको अध्यक्ष दिपक पौडेल ले उम्मेद्बारी घोषण गर्नुभएको हो उपाध्यक्ष ओमबहादुर थापा वार्ड १ पुर्ण सुनार वार्ड नं. २ गंगाधर पौडेल वार्ड न. ३ मनिराम सापकोटा वार्ड नं. ४ गिरवहादुर थापा वार्ड नं. ५ दुर्गा वाहाहर थापा वाड अध्यक्ष मा उम्मेद्बारी परेको छ ।
प्रगतिशील मोर्चा कञ्चन ले घोषण पत्रमा केही प्रतिबद्धता समेत गरेको छ युवा तथा रोजगार युवाहरुलाई बभिन्न तालिमको व्यवस्था मिलाएर स्वरोजगारको निम्ति प्रेरीत गरिनेछ उद्योगको स्थापना र बिकास गरेर रोजगारीका अवसर सृजना गरिने युवाहरूको सीप क्षमता र योग्यतालाई गाउँ पालिकाको समग्र विकासमा जोडिने कुलतमा लागेका युवाहरुलाई कुलतबाट छुटाएर उत्पादनका क्षेत्रहरुमा लगाइने लोकल रक्सि उत्पादन गरेर जीवन निर्वाह गरेका परिवारलाई बैकल्पिक व्यवस्था गर्दै, लागू पदार्थ तथा मदिरा बिरुद्ध सचेतना अभियान संचालन गरि पाँचवर्ष भित्र गापालाई लागू पदार्थतथा मदिरा मुक्त गापा घोषणा गरिने ,
पर्यटन यस गापालाई लुम्बिनी संगको सम्बन्ध कायम हुनेगरी पर्यटन क्षेत्रमा लगानी गरिने दानापुर ताललाई थप आकर्षक बनाइने उच्चस्तरीय सामुदायिक होटलको व्यवस्था गरिनेछ सामुदायिक बनका क्षेत्रहरुमा पार्क, बनभोज स्थल निर्माण गरिने ऐतिहासिक महत्त्व बोकेका क्षेत्रहरुको प्रचार संरक्षण र विकास गरिने
न्याय र सुसासन जनतालाई न्याय र सुसासनको प्रत्याभूत गराइनेगरि काम गरिने पालिकाबाट हुने कार्यलाई छिटो छरितो र पारदर्शी बनाइने भनसुनका आधारमा नहुनेकाम गर्ने र साधारण जनताका हुने कामलाई दुखदिने परिपाटीको अत्यन्त गरिने बताएको छ ।
उद्योग साना तथा घरेलु उद्योगको संरक्षण र विकासमा जोड दिइनेछ मझौला तथा ठुलो उद्योगको सम्भाव्यता अध्ययन गरि उद्योग खोल्न प्रोत्साहन गरनेछ खेल मैदान निर्माण, संरक्षण तथा विकासमा जोड गरिनेछ नियमित खेलकुदको आयोजना गरिनेछ जिल्ला तथा राष्ट्रिय खेलाडीको रेकर्ड राखिनेछ उनीहरुलाई संरक्षण र जिल्ला स्तरीय तथा राष्ट्रिय खेलाडीको निर्माणमा जोड दिइने छ । सहयोगको व्यवस्था मिलाइने गापा भित्र रहेका प्रतिभाको खोजी गरेर उनीहरुको प्रतिभालाई प्रोत्साहन गरिने छ ।
प्राकृतिक प्रकोप प्राकृतिक प्रकोपबाट हुने मानवीय क्षति कम गर्न विशेष कार्यक्रम अगाडि बढाइनेछ पानी बग्ने कुलेशा अहिले माटोले पुरिएको देखिन्छ, पानी बग्ने कुलेसा पुर्न रोक लगाईने छ, पानीको निकास खोलिनेछ र वर्षामा हुने डुवानमा कम गरिनेछ नदि तथा ताल तलैयाको संरक्षण गरिनेछ, तटबन्ध निर्माण गरेर भुक्ष्यलाई न्युनिकरण गरिने गाउँ सरकारले एउटा स्वयंसेवक दस्ता गठन गर्नेछ आवश्यकता अनुसार त्यसलाई परिचालनगर् सार्वजनिक जग्गाको संरक्षण गरिने, सरसफाइ गाउँ क्रमशः सहरीकरण हुँदैछन्, फोहोर व्यवस्थापनमा अहिल्यैबाट ध्यान दिईने । डम्पिङ साइडको व्यवस्था गरि बजार क्षेत्रमा फोहोर उठाउने गाडीको व्यवस्था गरिने सार्वजनिक शौचालयको व्यवस्था गरिने कृषि व्यवसायीक कृषिमा जोड दिइनेछ, अनुदानमा अनियमितता नहोस् भन्न व्यवसायीक किसानको पहिचान गरि किसानहरूको नेतृत्वमा एक कृषक समूह गठन गरिने उक्त समुहको सिफारिसमा कृषकलाई अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइने आफ्नो नजिक का किसानलाई दिइने अनुदान बन्द गरिनेछ । वास्तविक किसानलाई अनुदान दिइनेछ, अनुदान प्राप्त किसानले गरेको प्रगति तथा उपलब्धि मुल्यांकन गरेर आवश्यक कदम चालिने किसानको जग्गाको माटाको निशुल्क टेष्ट गरि सोही अनुसारको उत्पादनमा जोडदिन प्रोत्साहन गरिने बताइएको छ ।
स्वास्थ्य स्वास्थ्य चौकीबाट दिइने सुविधा प्रभावकारी वनाइने निम्न वर्गका जनताको स्वास्थ्यमा ध्यान दिदै स्वास्थ्य उपचार खर्चमा सहयोग गरिने निशुल्क एम्बुलेन्सको व्यवस्था गरिने बृद्धबृद्धा, अपांग, गर्भवती तथा सुत्केरी महिलाको घरमै स्वास्थ्य परिक्षणको व्यवस्था मिलाईने निम्न वर्गका गर्भवती महिला तथा सुत्केरी महिलालाई पौष्टिक आहाराको व्यवस्था मिलाइने स्वास्थ्य स्वयम् सेविकाको कामको दयारा फराकिलो बनाएर व्यवस्थापन गरिने सामुदायिक अस्पताल निर्माण गरिने छ ।
शिक्षाः शिक्षा क्षेत्रमा बजेट वृद्धि गरिने प्राविधिक शिक्षामा जोड दिइनेछ सामुदायिक विद्यालयको पढाइमा गुणस्तर वृद्धि गर्न उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई पुरस्कारको व्यवस्था गरिनेछ र कमजोर नतिजा ल्याउने शिक्षालयको समस्या पत्ता लगाएर समस्या समाधान गरि गुणस्तर वृद्धि गरिने सामुदायिक शिक्षालयमा अध्ययनरत शिक्षक कर्मचारीका छोराछोरी संस्थागत शिक्षालयमा पढाउने कुरालाई नैतिकताको विषय बनाइने माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने संवैधानिक अधिकारलाई लागू गरिनेछ विभिन्न नाममा रकम लिनपर्ने अवस्थाको अन्त्य गरिनेछ जनताको आर्थिक अवस्थाको मुल्यांकन गरेर ३ श्रेणीमा विभाजन गरिनेछ । उच्च मध्यम र निम्न, निम्न वर्गका जनताका छोराछोरीलाई व्याचलर सम्मको शिक्षालाई निशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइने सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउने कार्यविधि तैयार पारेर नमुना विद्यालय बनाउन बजेट विनियोजन गरिने सामुदायिक विद्यालयका बालबालिका सहजरूपमा विद्यालय ल्याउने वातावरण बनाउन गाडीको व्यवस्था मिलाउन गाउँ सरकारले पचास प्रतिशत रकम उपलब्ध गराउने ब्यबस्था मिलाइने बताइएको छ ।
