सितगंगा १२ को वडा अध्यक्षमा एमालेबाट रानाको उम्मेदवारी

२०७९ बैशाख ११ गते, आईतवार

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं १२ को वडा अध्यक्ष पदमा नेकपा एमालेबाट सन्जय रानाको उमेद्धारी दर्ता भएको छ । एमालेका प्रभावसालि नेता मानिएका रानाले वडा अध्यक्षमा उमेद्धारी दिएका हुन । गत निवार्चनमा नेकपा माओवादिबाट वडा अध्यक्ष पदमा उठेमा राना झिनो मतान्तरले पराजित भएका थिए ।

केहि समय पहिले नेकपा माओवादिबाट एमालेमा प्रवेश गरेका रानालाई पार्टिले अध्यक्ष पदमा उमेद्धारी प्रदान गरेको हो । रानाले पार्टिले जुन विश्वासका साथ टिकट प्रदान गरेको छ त्यसलाई चुक्न नदिने प्रतिवदताका साथ आफु लागेका बताएका छन । जनताको सेवा र वडाको समग्र विकासको लागि आफुले वडा अध्यक्षमा उमेद्धारी दिएको रानाको भनाई छ ।

रानाको उम्मेदवारीले चोक चौराहमा चर्चा सुरु भएको छ । यसैगरी सितगंगा १२ मा एमालेबाट वडा सदस्यहरुमा जीवन कुमार सिजांलि, तुल्सिराम घिमिरे, सीता बि क र बिष्णु भट्टाराईको उमेद्धारी दर्ताभएको छ । सितगंगा नगरमा एमालेबाट मेयर पदको लागि वसन्त कुमार श्रेष्ठ र उपमेयर पदमा गिता भाटको उमेद्धारी दर्ता भएको छ ।

303 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal