एमाले बाणगंगामा युवालाई अवसर: कान्छो वडाध्यक्ष उम्मेद्वारमा बाबुराम अर्याल

२०७९ बैशाख ११ गते, आईतवार

कपिलबस्तु । नेकपा (एमाले) ले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ मा एमालेको तर्फबाट बाबुराम अर्याललाई वडाध्यक्षको उम्मेद्वारको रुपमा सिफारीस गरेको छ । यहि बैशाख ३० गते शुक्रवारका दिन हुने स्थानीय तहको निर्वाचनमा अर्याल चुनावी मैदानमा उत्रदै हुनुहुन्छ ।


नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुका सदस्य, अनेरास्ववियु केन्द्रिय सदस्य तथा विद्यार्थी जिल्ला सह–ईन्चार्ज समेत रहनुभएको छ ।

विस २०६१ सालबाट अनेरास्ववियुबाट संगठित भई राजनिति सुरु गर्नुभएका अर्याल बाणगंगा तत्कालिन प्रारम्भिक कमिटि अध्यक्ष, बाणगंगा उच्च मावि कमिटि सचिव, अनेरास्ववियु मोतिपुर गाउँ कमिटि सचिव, तत्कालिन युवा संघ नेपाल मोतिपुर गाउँ कमिटि सचिव, अनेरास्ववियु जिल्ला सदस्य, सचिवालय सदस्य, जिल्ला अध्यक्ष हुंदै केन्द्रिय सदस्य समेत रहनुभएको छ ।

२९ बर्षका वडाध्यक्षका उम्मेद्वार अर्याल बाणगंगा नगरपालिकाका ११ वटै वडाहरु मध्ये कान्छो वडाध्यक्षको उम्मेद्वारको रुपमा छनौट हुनुभएको छ । य्ुवा नेता अर्याल अनुशासित र लोकप्रिय व्यक्तिको रुपमा चिनिनुहुन्छ । अर्यालले आफुलाई योग्य ठानेर पार्टीले वडाध्यक्षको टिकट दिएकोमा बताउदैे पार्टीका अग्रज नेता लगायत सम्पुर्णमा आभार व्यक्त गर्नुभएको छ ।

उहाँले वडामा रहेका अधुरा काम पुरा गर्ने र वडालाई समृद्ध बनाउनका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । अर्यालले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडाध्यक्षमा अर्यालको उम्मेद्वारी रहेसंगै वडाका युवाहरु उत्साहित भएका छन् ।

171 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal