एमालेबाट कृष्णनगरको मेयरमा कुनाल प्रताप शाह

२०७९ बैशाख ११ गते, आईतवार

कपिलवस्तु । एमाले कपिलवस्तुले जिल्लाका ७ वटा पालिकामा मेयर उपमेयरको उम्मेदावरी टुंगाएको छ । जस अनुसार कृष्णनगर नगरपालिकाको मेयरमा कुनाल प्रताप शाह, बाणगंगामा मेयरमा चक्रपाणी अर्याल र उपमेयरमा रिता थारु, बुद्ध भूमिको मेयरमा पिताम्वर खनाल र उपमेयरमा मञ्जु थारु शिवराजको मेयरमा महादेव पोखरेल र उपमेयरमा शिवकुमारी थारुले एमालेवाट उम्मेदवारी पाउनु भएको छ ।

यसैगरी विजयनगरमा अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी थारुले उम्मेदवारी पाउनु भएको छ । अन्यपालिकाको हकमा कतिपयमा नटुंगिएको र कतिपयमा मेयर टुंगिएपनि उपममेयर टुंगाउन वाँकी रहेको भन्दै विवरण सार्वजनिक गरिएको छैन । यी पालिका मध्ये ३ वटा एमालेले जितेका पालिका हुन् ।

307 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal