कृष्णनगरको मेयरमा एमालेबाट कुनाल प्रताप शाहको उम्मेद्वारी दर्ता

२०७९ बैशाख १२ गते, सोमबार

सुमन पौडेल, कपिलवस्तु । आसन्न स्थानिय निर्वाचन २०७९ मा कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको मेयर पदका लागि धेरै उम्मेदवारहरुको आकाक्षा बढ्दो थियो । तर पार्टीको भावना र विश्वासका कारण शाहले एमालेको तर्फ मेयरमा टिकट पाउनु भएको हो । नेकपा एमालेबाट लोकप्रिय युवा नेता कुनाल प्रताप शाहको उम्मेदवारी रहेको छ ।
नेकपा एमालेबाट कृष्णनगर मेयर पदका लागि आकांक्षी मिर्जा राशिद बेग, कुनाल प्रताप शाह, शिव प्रसाद जयसवाल, अन्नु श्रीवास्तवको नाम सिफारिस गरेकोे थियो ।
मेयर पदका आकांक्षि मिर्जा राशिद बेग राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरका अध्यक्ष तथा नेकपा एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य हुन भने अर्का आकांक्षी कुनाल प्रताप शाह हालै नेकपा एमालेमा राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका थिए । त्यस्तै शिव प्रसाद जयसवाल नेकपा एमाले कृष्णनगरका नगर इन्चार्ज तथा नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य हुन । त्यस्तै उप मेयर पदको लागि विमिलेश मौर्य र सहरून निशाको नाम सिफारीस गरेको छ । त्यस्तै उप–मेयर पदको लागि विमिलेश मौर्य नेकपा एमाले वडा कमिटी सदस्य हुन भने सहरून निशा नेकपा एमालेका कृष्णनगर नगर कमिटी सदस्य हुन् ।
कृष्णनगर वासीहरु भने कृष्णनगरको मेयरमा आउने भए सगै कुनाल प्रताप शाहको जित पनि सुनिश्चित रहेको बताउछन । जनता माझ लोकप्रिय युवा नेता, भिजन र योग्यताले सक्षम रहेका नेता शाहको मेयरमा जितको निश्चित छ । कृष्णनगर नगरपालिमा विगतमा भएका कमि कमजोरीहरुलाई सुधारदै जाने र नगरवासीहरुको सदैव हितका निम्ति काम गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनु भएको छ । कृष्णनगरमा नेकपा एमालेबाट मेयर पदमा दुई जना आकाक्षी रहेता पनि कुनाल प्रताप शाहको लोकप्रिय जनमतको कारणले नेकपा एमालेले कृष्णनगरको नेतृत्वमा कुनाल प्रताप शाहलाई पार्टीले टिकट दिएको हो ।

330 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal