एमालेको तर्फबाट बाणगंगा ८ को बलियो टिम चुनावी मैदानमा

२०७९ बैशाख १३ गते, मंगलवार

कपिलवस्तु । यहि बैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा विभिन्न राजनितिक दलहका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ को एमाले तर्फका उम्मेद्वारको जुझारु टिमले मनोनयन दर्ता गराएका हुन् ।

पार्टीका ११ वटै वडाका उम्मेद्वार मध्ये नगरमै कान्छो वडाध्यक्षको उम्मेद्वार बाबुराम अर्याल सहित महिला सदस्यमा जुना देवी थारु, दलित महिला सदस्यमा शारदा परियार र खुल्ला सदस्यहरुमा शैलेन्द्र बेल्बासे, विश्वास जिसी गरि ५ जनाको सक्रिय टिम रहेको छ । वडाको मुहार फेर्नका लागि ५ जनाको टिम लागिपर्ने वडाध्यक्ष पदका उम्मेद्वार अर्यालले बताउनुभयो ।

विशेष गरि नगरमै युवा टिम रहेकाले यो जुझारु टिमले वडालाई समृद्ध बनाउन विशेष भुमिका खेल्ने वडावासीले अपेक्षा गरेका छन् ।

219 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal