को हुन कृष्णनगरः मेयर पदका उम्मेदवार शाह

२०७९ बैशाख १३ गते, मंगलवार

सुमन पौडेल, कपिलवस्तु । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले कृष्णनगरले मेयर पदको उम्मेदवारको रुपमा कृष्णनगरका प्रभाव शालि युवा नेता कुनाल प्रताप शाहलाई खडा गरेको छ ।
को हुन कुनाल प्रताप शाह:
कृष्णनगरको राजनीतिमा जबर्जस्त नाम हो कुनाल प्रताप शाह कपिलवस्तुको दक्षिण–पश्चिम क्षेत्रमा नेपाल भारत सिमामा रहेको कृष्णनगर नगरपालिका र जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा पछिल्लो समय युवा राजनीतिज्ञका रुपमा चर्चामा आएका कुनाल प्रताप शाह नेकपा एमालेमा प्रवेश भए सगै कपिलवस्तुका सम्पुर्ण पालिकाहरुमा एमालेलाई बलियो रुपमा स्थापित गराउन चाहन्छन । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि नेता शाहलाई प्रवेश गराउन आए पछि कपिलवस्तुको राजनीतिमा नै हलचल आएको थियो ।

शाह परिवारमा जन्मिएका उनी युवा राजनीतिज्ञ सङै युवा व्यवसायी पनि हुन । भारतको अमिती युनिभर्सिटीबाट मास्टर्स शिक्षा अध्यक्ष गरेका नेता शाह राजनीतिक चेतना र बैचारिक दृष्टिकोणले अब्बल मानिन्छन । कपिलवस्तुको दक्षिण -पश्चिम क्षेत्रमा रहेको कृष्णनगर नगरपालिका बिकासका दृष्टिकोणले अलि पछाडि परेको छ । नगरपालिकामा प्रत्येक बर्ष हुने बेरुजु, ब्यक्तिबाद हावी हुनु र नेतृत्व गरेका जनप्रतिनिधिले राम्रो नेतृत्व दिन नसक्दा कृष्णनगर नगरपालिका पछि परेको छ ।

स्थानीय जनता सङ प्रत्यक्ष रुपमा सम्पर्कमा रहेका, जनताको सुखःदुख मा सहयोग गरेका कारण पनि जनतामाझ लोकप्रीय कुनाल प्रताप शाहले बैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनमा कृष्णनगर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन । मेयर पदका प्रत्यासी शाहका पिता डा. राकेश प्रताप शाह (शाह क्लिनिक) कृष्णनगरका डाक्टर तथा समाजसेवी समेत हुन ।
समाजसेवी पिताको लोकप्रीयता र कुनाल प्रताप शाह सङ भएको भिजनले कृष्णनगरको मुहार फेरिने जनअपेक्षा छ । जनतामाझ लोकप्रिय, समाजसेवी र भिजन भएका नेता शाह पार्टीका अग्रज नेता हरु सङ राम्रो सम्बन्ध बनाउदै एमाले अध्यक्ष ओलिका प्रिय र बिश्वासिलो पात्र बनेका छन ।जनता सग प्रत्यक्ष रुपमा जोडिएका, बुद्धिजीवी समाजसेवी नेता शाहको नेतृत्वको प्रवल संभावना रहेको कृष्णनगरमा ५ बर्षमा जिल्लाकै उत्कृष्ट नगरपालिका बन्ने निश्चित छ ।

नगरको विकासका लागि स्पष्ट खाका बनाएर पार्टी र आफना ब्यक्तिगत प्रतिवद्दताका साथ उम्मेदवार बनेका शाह बलियो उम्मेदवारको रुपमा रहेका छन । त्यस्तै एमालेबाट कृष्णनगरको उपमेयर पदमा विमलेस मौर्यलाई उम्मेदवार बनाएको छ ।

358 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal