कालीकोटका नौ वटै पालिकामा विप्लव नेतृत्व नेकपाको उम्मेदवारी

२०७९ बैशाख १३ गते, मंगलवार

सुर्खेत । चुनाव बहिष्कार गर्ने कुरा गर्दै आएको विप्लव नेतृत्वको नेकपाले कालीकोटका नौ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ।

विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यहरूले समेत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

कालीकोटको नरहरीनाथ गाउँपालिका अध्यक्षमा एटम बीसी र उपाध्यक्षमा कलशा बिकले उम्मेदवारी दर्ता गराएका छन्।

बीसी सो पार्टीका केन्द्रीय सदस्य हुन् भने बिक पार्टी प्रवक्ता खड्क विश्वकर्माकी भाइ बुहारी हुन्।

रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा बिकले उम्मेदवारी दर्ता गराएका छन्।

उपाध्याय २०६४ सालको संविधानसभाको सदस्य हुन्।

खाँडाचक्र नगरपालिका प्रमुखमा हस्त बिक, तिला गुफा नगरपालिकामा रमेश चदारा प्रमुख, उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दर्ता गराएका छन्।

पचालझरना गाउँपालिकामा पार्टीका जिल्ला सचिव रहेका मनीलाल ऐडीले अध्यक्ष, विनित सिंह तिरुवाले उपाध्यक्ष, पलाता गाउँपालिकामा पदम विक अध्यक्ष, महावै गाउँपालिकामा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकामा मनिश बिक र सान्नी त्रिवेणी गाउँपालिमामा रुपसिंह बोहोराले उम्मेदवारी दिएका हुन्।

चुनावलाई उपयोग गरेर जाने पार्टीको नीति अनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिव मनीलाल ऐडीले बताए।

कालीकोट विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर बिश्वकर्माको गृह जिल्ला हो।

123 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal