कञ्चनमा १२ राजनैतिक दलबाट १ सय ५२ जनाको उमेद्वारी दर्ता

२०७९ बैशाख १३ गते, मंगलवार

रुपन्देही । रुपन्देहीको कञ्चन गाउपालिकामा १२ राजनैतिक दलबाट १ सय ५२ जनाले उमेद्वारी परेको छ। निर्वाचन अधिकृतको कार्यालय, कञ्चनले दिएको जानकारी अनुसार अध्यक्ष पदमा १२ जना र उपाध्यक्षमा ११ जनाको उमेद्वारी परेको छ।
कञ्चनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त गठबन्धन, नेकपा एमाले, राष्ट्रिय जनमुक्ती पार्टी, मंगोल नेश्नल अर्गानाइजेसन, नेकपा एकिकृत समाजवादी, राप्रपा नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, कृष्ण पौडेल नेतृत्वको राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी क्रान्तीकारीको संयक्त गठबन्धनको प्रगतिशिल मोर्चा, जन समाजवादी लगायत राजनैतिक दलहरुले आगाी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि उमेद्वारी दिएका छन।
यसैगरी वडा नं.१ मा १० जना, वडा नं. २ मा ६ जना, वडा नं. ३ मा ८ जना, वडा नं. ४ मा ८ जना र वडा नं. ५ मा ८ जनाले वडा अध्यक्ष पदमा उमेद्वारी दिएको निर्वाचन अधिकृतको कार्यालय कञ्चनले जानकारी दिएको छ।

138 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal