कञ्चनमा गठबन्धनको फितलो उपस्थिती, एमाले बाजागाजा सहित

२०७९ बैशाख १३ गते, मंगलवार

कञ्चन । हिजो कञ्चनमा उमेद्वारी मनोनयनको अन्तिम दिन कञ्चन गाउपालिकाको परिसर निकै गज्जवको रमाइलो थियो । आ आफ्नो दलबाट उमेद्वारी दिने चहलपहल थियो । मनोनयन दर्ता गर्ने बेलामा दलहरुले आफ्नो श्रोत साधन र शक्तीको भरमा प्रदर्शन र र्याली गरे । मनोनयनको बेला कसले कति शक्ती प्रदर्शन गरेको छ भन्ने आधारमा त्यो पार्टीको प्रारम्भिक मुल्यांकन हुन्छ। त्यो कुरा कञ्चन गाउपालिकाको हकमा पनि लागु भयो ।

उमेद्वारी दर्ता गर्नको लागि कञ्चनमा क्रियाशिल बिभिन्न राजनैतिक दलहरुले आफ्नो शक्ती अनुसार शक्ती प्रदर्शन गरे। कञ्चनमा सत्तारुद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धन र नेकपा एमाले बिच नै प्रतिस्पर्धा हुनेछ। हुन त कञ्चनमा जनता समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एकिकृत समाजवादी, प्रगतीशिल मोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमुक्ती पाटी, गोल नेश्नल अर्गानाइजेसन, राप्रपा नेपाल, लोसपा र जनमत पार्टी लगायतले उमेद्वारी मनोनयन गरे ।

उमेद्वारी मनोनयन गर्दा प्रतिस्पर्धी दलहरु मध्ये गठबन्धनको उपस्थिति शक्ती प्रदर्शन रहित रहयो भने नेकपा एमालेले बाजागाजा सहित सय भन्दा बढी मोटरसाइकल, कार भ्यान र माइक्रो बसमा आफ्नो भेचछुक तथा कार्यकर्ताहरुको उपस्थिति देखायो । अर्थात गठबन्धनले उपस्थिति अन्य साना दलहरुको सामान्य उपस्थिति दखायो भने नेकपा एमाले प्रारम्भिक विजयोत्सवको रुपमा प्रस्तुत भयो । नेकपा एमालेका सबै नेता कार्यकर्ताले चुनाव चिन्ह अंकित लोगो लगाएका थिए ।
निर्वाचन अधिकृतको कार्यलय परिसरमा बाजागाजा सहित शक्ति प्रदर्शन गर्यो ।नारा लगाए शुभेच्छुक तथा कार्यकर्ताहरुले। नेकपा एमालले निर्वाचन अधिकृतलाई केही दलहरुले निर्वाचन आचार संहिता बिपरित कार्य गरेको भन्दै अपिल गरे। अन्य दलहरुले पनि शक्ति नै प्रदर्शन गर्ने हो भने शक्ती प्रदर्शन गर्न तयार भएको समेत निर्वाचन अधिकृतलाई बताए । निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले पनि नेकपा एमालेलाई आचार संहिताको पालना गर्न लगाए। केही समय पछि नारा जुलुस सहितको बाजागाजा बन्द भयो ।


निर्वाचन आचार संहिता अनुसार सार्वजनिक स्थान, मतदान स्थल, निर्वाचन अधिकृतको कार्यालयमा चुनावलाई प्रभावित पार्ने चुनाव चिन्ह अंकित लोगो, झण्डा, ब्यानर प्रदर्शन गर्न नपाइने स्पष्ट उल्लेख छ।

222 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal