एमालेको तर्फबाट बाणगंगा ६ मा चौधरीको नेतृत्वमा सक्रिय टिम चुनावी मैदानमा

२०७९ बैशाख १४ गते, बुधबार

थानेश्वर अधिकारी, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ६ मा नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेद्वार सुकदेव चौधरीको नेतृत्वमा रहेको प्यानलनै जित्ने गरि सक्रिय रुपमा लागेको छ । यस अघिको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्ष चौधरीलाई नै यस पटक पनि एमालेको तर्फबाट वडाध्यक्षको उम्मेद्वार बनाएको छ । त्यस्तै सदस्यमा रण बहादुर काउचा, महिला वडा सदस्यमा शान्ता खनाल, दलित महिला सदस्य मीना बि.क. र सदस्यमा कृष्ण प्रसाद पौडेलको टिम चुनावी मैदानमा उत्रदै छ ।

वडाध्यक्षको उम्मेद्वार चौधरी एक कार्यकाल जनताको सेवा गरेकाले पनि वडामा लोकप्रिय व्यक्तिकोे रुपमा चिनिनुहुन्छ । पार्टीले टिकट दिएपछि उहाँले अब जित हासिल गर्दैै वडा नम्बर ६ लाई जिल्लाकै समृद्ध वडा बनाउने बताउनुभयो । उहाँले निवार्चनमा आफुलाई अत्याधिक मतका साथ बिजय गराउनका लागी सम्पुर्ण वडावाासिमा आग्रह गर्नुभएको छ ।

वडामा जित हासिल गर्न सफल भएमा वडालाई भ्रष्टाचार मुक्त वडा बनाउँदै जनतालाई शुसासनको प्रत्याभूति दिलाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । त्यस्तै वडासदस्यमा युवाहरुका लोकप्रिय नेता तथा लक्ष्मणघाट बोलबमधामका अध्यक्ष रण बहादुर काउचाले उम्मेद्वारी दिएकाले वडाध्यक्ष सहित प्यानलकै जित हुने अनुमान गरिएको छ ।

240 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal