राष्ट्र सेवकको अवकाश लिएका शुक्ला अध्यक्ष पदका उम्मेदवार

२०७९ बैशाख १५ गते, बिहीबार

कपिलवस्तु । नेकपा एमाले शिवराज ८ बाट वडा अध्यक्ष पदका लागि २० बर्ष देखि राष्ट्र सेवक कर्मचारी (नेपाल ट्राफिक प्रहरी) रही देश र जनताको प्रत्यक्ष रूपमा सेवा गर्दै आएका आन्नद कुमार शुक्ला जनप्रतिनिधि बनेर वडावासिको सेवक बन्ने आश लिएर निर्वाचनको मैदानमा होमिएका छन ।

राष्ट्र सेवकको रुपमा काम गरेका शुक्ला सामाजिक ,सहयोग, सहकार्य र स्थानीय विकास कार्यमा सरिक रहेर सहयोग कार्यमा आफनो पहिचान बनाउन सफल शुक्ला अध्यक्ष पदका बलियो उम्मेदवारका रुपमा रहेकाछन ।राजनीतिमा पहिलो खुट्किला भए पनि वडाका सबैले रुचाएका उम्मेदवार शुक्लाले ’बालेर भन्दा पनि काम गरेरै देखाउने बताएका छन ।

वडा अध्यक्ष पदका लागि निर्वाचनमा उत्रिएका शुक्लाले शिक्षा, स्वास्थ्य,कृषि , वडाका नागरिकको जीवनस्तर सुधार ,यातायातलगायतका प्रतिबद्धतासहित वडालाई पालिका कै नमुना वडा बनाउने बताएका छन ।

256 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal