नाच्दै गाउँदै मत माग्दै जनताको घर आँगनमा पुग्यो एमाले

२०७९ बैशाख १६ गते, शुक्रबार

झापा । स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट कनकाई नगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका एमालेजन नाच्दै गाउँदै मत माग्दै जनताको घर आँगनमा पुग्न थालेका छन् ।

देश र जनताप्रति समर्पित भएर सहिदको कसम खाँदै कनकाई नगरको समृद्धि तर्फ अघि बढ्ने प्रतिवद्धताका साथ आसन्न निर्वाचनका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिएको नगर इन्चार्ज एवम् प्रचारप्रसार समितिका संयोजक रविन्द्र लम्साल बताउँछन् ।

नगरप्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख मन्जु प्रसाईसहित नौ वटै वडाका वडाध्यक्ष र सदस्यका उम्मेदवारहरुको उपस्थितिमा सहिद लक्ष्मी पाण्डेको शालिकमा माल्यार्पण गरी हिजोबाट नगरभरि एकैसाथ चुनाव प्रचार अभियान शुभारम्भ गरेको हो ।

आज बिहीबार वडा नं. १ बाट नगरप्रमुख र उपप्रमुखसहितको घरदैलो कार्यक्रमको सुरुवात गरिएको एमाले कनकाईका अध्यक्ष खड्गप्रसाद प्रसाईले बताए ।

302 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal