को हुन रामदास चौधरीः एमाले महाराजगन्ज नगरका मेयर उम्मेद्वार

२०७९ बैशाख १६ गते, शुक्रबार

महाराजगन्ज । कपिलवस्तु जिल्ला को महाराजगन्ज नगरपालिका मा नेकपा एमाले पार्टी बाट मेयर पद को बलियो उमेदवार को रुप मा रहेका छन् ।

को हुन रामदास चौधरी

महाराजगन्ज नगरपालिका वडा नं ८ सोनबर्षा गाउको सामान्य घर जन्मेका छन । सर्वसाधारणको हक र अधिकारको लागि पहिले देखि नै काम गर्दै आएका छन् त्यहि कारणले गर्दा जनताहरुको लोक प्रिय युवा नेता को रुपमा परिचित रहेका छन् । जनताहरुको माझ लोक प्रिय बन्दै गएका छन् ।

नेकपा एमाले पार्टी बाट बलियो युवा नेता मेयर पद मा रामदास चौधरीले उमेदवारी दिइए पछि भने कि महाराजगन्ज नगरपालिका को मुहार फेर्न को लागि मेरो उमेदवारी दिइएको चौधरी बताउनु भयो । चौधरी को मुख्य एजेन्डा शिक्षा ,स्वास्थ्य , यातायात ,खेलकुद र कृषि लगायतको क्षेत्रलाई प्राथमिकता मा राखेर काम गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

महाराजगन्ज नगरपालिका को विकासको लागि र किसानहरुको समस्यालाई समाधान गर्नेको लागि मलाई मेयर पद मा जिताउनु पर्छ । आम जनताहरुलाई सूर्य मा भोट हाल्न को लागि अग्रह गर्नु भएको छ ।

नगरको विकासका लागि स्पष्ट खाका बनाएर पार्टी र आफनो ब्यक्तिगत प्रतिवद्दताका साथ उम्मेदवार बनेका चौधरी बलियो उम्मेदवारको रुपमा रहेका छन । त्यस्तै एमालेबाट महाराजगन्जको उपमेयर पदमा भानमति यादवलाई उम्मेदवार बनाएको छ ।

344 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal