बाणगंगा-२ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार दिएका कार्कीले लिए उम्मेदवारी फिर्ता

२०७९ बैशाख १६ गते, शुक्रबार

कपिलवस्तु । स्वतन्त्रबाट उम्मेदवारी मनोनयन गरेका मुक्त बहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका छन् । कार्कीले बाणगंगा- २ को वडाअध्यक्ष पदका लागि वैशाख १२ गते निर्वाचन अधिकृतको कार्यालय गजेहडामा मनोनयन दर्ता गराएका थिए ।

नेकपा एमालेका नगर उपाध्यक्ष समेत रहेका कार्कीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका पछि उनले पार्टीबाट राजिनामा समेत दिएका थिए ।

वाणगंगा २ राजपुर निवासी कार्की विगत ३ दशक बढिदेखि नेकपा एमालबाट सक्रिय राजनीति गर्दै आएका थिए । उनले पार्टी कार्यकर्ताको आग्रहमा नेतृत्वसंग सहमति गरी आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको बताए ।

339 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal