एकै दिन बाणगंगा ७ मा ३ वटा एमाले निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन

कपिलवस्तु । नेकपा (एमाले) बाणगंगा नगरपालिका वडा नं. ७ ले एकै दिन वार्डका तीन स्थानमा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । एमाले प्रदेश कमिटी सदस्य बसन्तराज खनालले वडा नं.७ को कोईली बनगाई, धैरेनीडाडा र मोतिपुरमा एकै साथ एक कार्यक्रमका बीच सम्पर्क कार्यालयको उद्घाटन गर्नु भएको हो । एतानखअ माले नेता खनालले वार्डको समग्र विकास, उन्नत स्तरको सामाजिक सद्भाव र भाइचारा कायम राख्न पार्टीका उम्मेद्वारलाई विजयी बनाउन आग्रह गर्नु भयो ।
सोही समारोहमा एमाले बाणगंगा नगर कमिटी सचिव एवम् वार्ड नं. ७ का वडा अध्यक्षका प्रत्यासी विष्णु गिरीले आफ्नो पार्टीको तर्फबाट निर्वाचित भइसकेपछि जननिर्वाचित प्रतिनिधीको हैसियतले नेतृत्वमा ५ वर्षको अवधीमा भएका कामको मूल्यांकन गर्दै आफ्ना अधुरा कामलाई पुरा गर्न सूर्य ध्वजावाहक उम्मेद्वारलाई विजयी बनाउन आग्रह गर्नु भयो । वडा अध्यक्ष प्रताप कुमार गिरीको अध्यक्षता, वडा सचिव तथा वडा सदस्यका उम्मेद्वार हरिशंकर पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला तथा स्थानियत तहका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थकहरुको संयौको संख्यामा उपस्थिती रहेको थियो ।