हसिलो मुहार भित्र लुकेको अन्तर कथा

२०७९ बैशाख १७ गते, शनिबार

कपिलवस्तु । मेरो नाम पशुपति गिरी हो । हाल म कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ८ मा आफ्नो पढाइलाई निरन्तरता दिदै र परिवारसंग खुशी साथ जीवनयापन गरिरहेको छु । गरिब भई जीवन यापन गर्दाको पिडा मलाई राम्ररी थाहा छ । मेरो जन्म २३ वर्ष अगाडी अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न ३ को परिवारमा जेठो छोराको रुपमा भएको थियो । घरमा आमाबुवा बहिनी,भाइ र २ वटी दिदी गरि ७ जनाको परिवारमा कमाउने मेरो बुवा १ जनामात्र हुदा अभावै अभावको जीवन थियो हाम्रो । जेठो छोरा भएकोले सानै उमेरदेखि अर्काको घरमा मजदुरी गरी जिविका चलाउनु पर्ने बाध्यताबाट पिडित थिए म ती दिनहरु सम्झिदाआज पनि मेरो आखांबाटआसु झर्छ । हुनत सबैले आफ्नो पीडा बाहिर निकाल्न चाहदैनन् त्यो स्वभाविक नै हो ।

अभाब र गरिबीको जिवनचक्र संगै दिनहरु वित्दै थिए, सानो उमेरमै विवाह गर्नुहुदैन भन्ने कुरा पढ्दै आएको थियौँ थाहा हुदाहुदै पनि २ वटी दिदिहरूको विवाह भयो । जब घरको परिस्थिति बाध्यताले मानिसलाई कतिबेला के गर्ने भन्ने सोच पनि नआउदो रहेछ । बुवा घरपरिवारको सपना पूरा गर्न विदेश जानू भएको थियो तर ती सपना पूरा नहुदै गएको १बर्षमै दुर्घटनामा पर्नुभयो जिन्दगी पनि कति अजीब छ नि है भन्न त भन्ने गर्छन दुख पछि सुख एकदिन अवस्य आउँछ भनेर तर अधुरा सपना लिएर घर फर्किनु भयो । जब दिदिहरूको विवाह भयो त्यसपछि मलाई झन झन जिम्मेवारी थपिदै गयो घरको जेठो बाठो छोरा भाइ बहिनीलाई पढाउनु छ घरपरिवारको अधुरा सपना पूरा गर्नु पनि छ म भखर एस.एल.सि दिएको थिए । अझै पढ्न मन थियो तर घरको अवस्था देख्दा कसरी पढ्न सकिन्थ्यो होला सपना हुरीले उडाए जस्तै भयो अर्थात थाहा पाए फुसको झुप्रो मात्र पो आफ्नो रहेछ त्यस मुनिको जमिन त अर्कैको रहेछ ।

जुनै वेला पनि हटाउन सक्ने । सायद बुवाले दुख पाएर होला मलाई विदेश भनेपछि मन पर्दैन थियो। म जसरी भएपनि नेपाल मै केही गर्छु भन्ने सोच्थे । गरिब भए पनि धेरै मेहेनती थिए एस एल सि को रिजल्ट राम्रो आयो । आमाले भन्ने गर्नुहुन्थ्यो जति दुख पाएपनि पढ् छोरा म तलाई पढाउछु आमा कति महान हुन्छिन् नि है । भाडामा खाना होस या नहोस आफै भोकै बसेर भएपनी सन्तानको निमित्त त्यो भाडो कैले खाली भएन।त्यसैले त होलानी हेर्नुत मर्न लागेका बृद्ध देखि भर्खर जन्मेका बच्चाको त्यो कमलो छालारुपि जिब्रोमा पहिलो शब्द नै आमा हुन्छ भनेर । चाहे त्यो सुख होस या दुख जुनसुकै परिस्थितिमा पनि गुनगुनाउने शब्द हो आमा ।

२०७४ साल थियो त्यतिबेला निर्वाचनमा म्यादी प्रहरी खुलेको थियो म पनि सहभागी भए आमा को आशिर्वादले त्यसमा छनोट पनि भए म सँगसँगै पढेका साथीहरू कोही डाक्टर पढ्न गए कोहि जापानी भाषा पढ्न गए तर म त्यहीँ गाउँमै बसे जब म्यादी प्रहरीमा छनोट भए मलाई तब पढ्ने आशा पलायो मैले सोच्थे १२ पास गर्न सके राम्रो जागिर पाईन्छ भनेर म कक्षा ११ मा भर्ना त भए तर म्यादी मा जानू पर्ने म त्यतिबेला सितगंगा नगरपालिका को सिपलपानी भन्ने ठाउमा खटिएको थिए । कक्षा ११को परिक्षा दिन पनि नपाउने भएको थिए सोचे मेरो पढाइ यति सम्म मात्र रहेछ तर मलाई सरले फोन गरेर भन्नुभयो पशुपति घरमा परिवार बिरामी हुनुहुन्छ १ दिन लाई विदा दिनु भनेर आउ एउटा परिक्षा दिएपछि १२ पढ्न पाइन्छ भनेर भगवानले मेरो कुरा सुने जस्तै लायो त्यसतै भयो जसोतसो एउटा परिक्षा दिए । म्यादी प्रहरीको ३ महिना पनि बित्यो त्यसबाट धेरै थोरै कमाएको थिए । गाउकै कलेजमा पढेर पनि होला त्यति खर्च पनि लागेको थएन। कक्षा ११ र १२ को परीक्षा एकैपटक दिनुपर्ने थियो किनकि ११ को जम्मा एउटामात्र परिक्षा दिएको थिए। रातभरि नसुति पढे राति ४ बजे सम्म पढ्थे मलाई जसरी भएपनि १२ पास गर्नु थियो । ११,१२ को परिक्षा दिएर इन्डिया तिर गए होटेलमा टेबल सफा गर्ने काम मा लागेको थिए । जसरी भएपनि घरपरिवार चलाउनु पर्थेयो भाइ बहिनीलाई पढाउनु पनि थियो ।

जसोतसो गुजारा चलिरहेको थियो । गाउँमा भन्ने गर्थे घरको आर्थिक अवस्था नभएपछि छोरालाई विदेश पठाउन छोडेर पढाउने पास हुदैन यो अब भनेर तर केही समयमै रिजल्ट आयो राम्रो अंकमा पास भए कक्षामा तेस्रो स्थान भएको थिए। अब त १२ पनि पास भए राम्रो जागिर पाउछु होला भन्नि सोचे अब इन्डिया बसेर हुदैन नेपालमै जान्छु । नेपाल आए हातमा १२ को सटिफिकेट लिएर बुटवल ,काठमाडौं तिर धाए तर कतै काम पाइएन जनतन काम पाएपनि होटेलमा भाडा माझ्ने,टेबुल सफा गर्ने काम पाइन्थो त्यसमा पनि दलाललाई दिनु पर्ने रे अब के गरू दोधारमा थिए । राम्रो देश जाउ भने लगानी धेरै लाग्छ घरमै अवस्था कमजोर छ नेपालमा कतै जागिर पाइदैन समस्याको उपाय केहि नपाएर छटपटाइ रहेदै थिए । कपिलवस्तुका एक जना दाईले एउटा काम छ भाइ तिमीले पढ्न पनि पाउछौ भन्नू भयो म खुसी भए भगवानले मेरो लागि नै उहालाई यहाँ पठाएको होला भने काम मासु पसलमा थियो सबै गर्नुपर्थेयो हातमा १२ को सटिफिकेट छ काम भने मासु काट्नेमा तर मलाई कुनै पनि काम सानो ठुलो लाग्दैन थियो ।

घरपरिवारको लागि आफ्नो पढाइको लागि भएपनि काम गर्नु पर्ने थियो । म कपिलवस्तुको वा.न.पा. ८ मा बसेर त्यहि काम गर्न थाले नजिकै सिद्धार्थ क्याम्पस थियो त्यसैमा भर्ना पनि भए छुट पनि पाएकाले मलाई सहज भयो एउटा केटाले काम गर्दै घरपरिवार चलाउदै आफू पनि पढ्दै भाइ बहिनीलाई पढाउदै जिम्मेवारी बहन गर्दै तर मैले जिन्दगी देखि हार मानेको थिएन धेरैले हौसला दिन्थे त्यहि भएरपनि होला । स्नातक पहिलो बर्ष पास गरे पढ्न राम्रै आएको थियो काम गर्दै पढ्दै गरेर पनि सजिलैसँग पास हुन्थे ।

पहिलो बर्षदेखि नै मिल्दै आएका साथीहरू विकास ,अनिस,केशव मिलनसार सहयोगी भनिन्छ नि दुख सुख मा साथ दिने भनेकै साथि हो हामी एकदमै मिल्ने साथि छौ । धेरै जना सँग चिनजान हुँदै गएको थियो त्यसैले मैले १ बर्षपछि बल्ल आफ्नो पढाइ अनुसारको काम पाएको थिए । काम राम्रो थियो काम गर्ने अपिसमा सरहरू,म्याडमहरूले आतिनु हुदैन मेहनत गरेपछि एकदिन सफल भैइन्छ भनी हौसला सहयोग साथ दिनुभयो ।

मैले बल्ल महसुस गरेर दुख पछि सुख आउँछ भन्थे हो रहेछ जस्तो लागेयो अहिले घरपरिवार सँगै बस्न पाएको छु भाइ बहिनीले पढेका छन् मैले पनि पढ्न पाएको छु । साथीभाइ बनाएको छु ।सायद आफुले भोगेर होला अहिले आफ्नै रोजगार अभियान छ ७७ जनालाई जागिर लगाई सके। पहिलो लकडाउन मा अति विपन्न परिवारलाई राहत बाड्न हिडे एक जना अनिस साथि र म भएर पछि साथीहरू सगँ मिलेर सामाजिक कार्य गर्दै आएको छु। आफुले भोगेर पनि होला गरिब दुखिलाई सहयोग गर्न पाउँदा आन्नद आउछ। मेरो वास्तविक कथा बाट के सन्देश दिन्छ भन्दा आतिनु हुदैन धैर्य गर्नुपर्छ एकदिन सफलता अवस्य पनि हुन्छ ।

335 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal