शिवराज नगरलाई समृद्ध र नमुना नगर बनाउन मेरो उम्मेदवारीः पोख्रेल

२०७९ बैशाख १८ गते, आईतवार

कपिलवस्तु । नेकपा एमालेको तर्फवाट मेयर पदका उम्मेदवारी बन्नु भएका महादेव पोख्रेले शिवराज नगरपालिकालाई समृद्ध नगर बनाउन आफनो उम्मेदवारी रहेको बताउनु भएको छ । आइतबार आज हिमालयन टेलिभिजन सगँ अन्तवार्ता दिंदैं उहाले नगर समृद्ध बनाउने आफना भिजन प्रस्तुत गर्नु भएको थियो । १० औं वर्ष देखि एमालेको सकृय राजनिति गर्दै आउनु भएका पोख्रेल मेयर पदका वलियो उम्मेदवारको रुपमा रहनु भएको छ । सफल ब्यवसायिको रुपमा परिचय बनाउनु भएका पोख्रेल पछिल्लो सयम सामाजिक र राजनितिक कार्यमा सकृय हुनुन्छ ।

उहाँले सोहि अन्तरवार्तामा २०७४ मा एमाले उम्मेदावारहरु निर्वाचित पछि ९० प्रतिशत चुनावि प्रतिबद्धता पुरा गरेको दावि गर्नु भयो । साथै बाँकी अधुरा कार्य पनि आफु सहितको नेत्रित्वले पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिवराजको प्रसासनिक भवन निर्माण कार्य रोक्न राजनिति खेलले अधुरो रहेको बताउनु भयो । उहाँले सुकुमबासिको ब्यवस्थापनमा एमाले सरकारले भुमिका निर्वाह गरेको बताउनु भयो

उहाँले हालसम्मका अनुभवहरुपोख्दै नगर विकाशर परिवर्तनको लागि दर्जन बढि आवश्यक प्रतिबद्धता सहितका एजेण्डाका साथ चुनावि मैदानमा उत्रिनु भएको छ । जनमानस र पार्टीको विश्वासको पात्र बन्दै उम्मेदवार बन्नु भएका पोख्रेलले नगर विकाश र परिवर्तनका लागि नगरवासिका अधारभुत आवश्यकता परिपुर्ति गर्दै शिक्षा,स्वास्थ्य, कृषि ,पर्यटन ,पुर्वाधार विकाश , यातायत स्वरोजगार , सञ्चार नगरवासिको अधिकार सहितका योजना अघि सारेको बताउनु भयो । २ वर्ष सम्म भयावह स्थीतीमा रहेको कोरोेना कालमा शिवराजका जनप्रतिनिधि सहितको टोलि घर घरमा पुगेर सेवा प्रदान गरेको बताउनु भयो ।

राजनितिको नाममा अध्यन नै नगरी हरेक कुरा विपक्षिको रुपमा हेरेर राम्रा काम को समेत गलत ब्याख्या गरेको बताउनु भयो । शिवराजमा शिक्षा ,स्वास्थ्यमा परिवर्तन आएको बताउदै स्वास्थ्यतर्फ ५० सैयाको अस्पताको टेन्डर प्रकृया सुरुभएको बताउनु भयो । भौतिक विकाश रिफ्रेश सेन्टर निर्माण , विध्यालय भौतिक सुधार निर्माण , पर्यटन तर्फको विकाश र कृषि, सुकुमबासि तर्फ सुधार गरेको विपक्षिले नदेको बताउनु भयो ।

निर्वाचन महासंग्राम हिमालय टेलिभिजनमा अनन्तरर्वाताका क्रममा शिवराज नगरपालिकाका मेयर पदका ५ जना उम्मेदवारहरु एमालेबाट मेयर पदका उम्मेदवार महादेव पोख्रेल ,कांग्रेशतर्फ हुमकान्त पोख्रेल ,जनता समाजवादि पाटी नेपालका मेयर पदका उम्मेदवार कृष्ण कुमार चौधरी , राप्रपाका मेयर पदका उम्मेदवार अजय थापा र मेयर पदका स्वतन्त्र उम्मेदवार भेष राज भुषाल अन्तरवार्तामा सहभागि हुनु भएका थियो ।

392 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal