मेयर उम्मेद्वार चौधरीले गरे पालिकालाई छानोमुक्त बनाउने प्रतिबद्धता

२०७९ बैशाख १८ गते, आईतवार

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर २ को पडरिया गाउमा मतदाताहरुसंग भेटघाट गर्दै नेकपा एमाले पार्टीबाट मेयर पदका उम्मेदवार रामदास चौधरीले महाराजगन्ज नगरपालिकालाई छानो मुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

बाध्यताले छानोको घरमा बस्दै आइरहेका गरिब तथा विपन्न परिवारले आफ्नो पिडा चौधरी संग पोखे पछि सबै जनताको समस्यालाई समाधान गर्नको लागि नेकपा एमाले पार्टीबाट आफुले मेयर पदमा उम्मेदवारी दिएको बताउनु भएको छ ।

नेकपा एमाले महाराजगन्जले चुनावी प्रचार प्रसारलाई तिव्रताको साथ घरदैलो कार्यक्रम गर्दै आइरहेको छ । घरदैलो कार्यक्रममा स्थानीयले आफ्नो समस्या राख्दै गरिब तथा विपन्न परिवारको समस्या समाधान गर्ने पार्टी भनेको नेकपा एमाले पार्टी नै रहेको जिकिर गरेका छ्न

घरदैलो कार्यक्रममा नेकपा एमाले पार्टीबाट वडा नम्बर २ वडा अध्यक्ष पदका उमेदवार मोहम्मद हुसेन धुनिया, वडा सदस्य कृष्णचन्द्र पासवान,इनुस मुसलमान, महिला सदस्य राधा यादव,र दलित महिला सदस्य कुश्मा कोरी लगायत नेकपा एमालेका समर्थकहरुको सहभागीता रहेको थियो ।

241 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal