एमालेमय बन्दै कपिलवस्तु

कपिलवस्तु । कपिलवस्तुका दशवटै स्थानीयतहमा उम्मेदवारी दिएर नेकपा (एमाले) यतिवेला सबै पालिकामा घरदैलो कार्यक्रम सञ्चालन गरी मतदातालाई भेटिरहेको छ । पार्टीका नेता कार्यकर्ता सहित उम्मेदवारहरू मतदाता समक्ष पुगिरहेका छन् ।
कपिलबस्तुमा अन्य दलका हजारौं नेता, कार्यकर्ताहरू नेकपा (एमाले) माप्रवेश गरेका कारण पनियसपालीको स्थानीयतहको निर्वाचनमा कपिलवस्तु जिल्लालाई एमालेमय वनाउने गरी अत्यन्त उत्साहित भएर चुनावप्रचारप्रसार अगाडि बढेको छ ।
कपिलवस्तुमा नेकपा (एमाले) काउम्मेदवारहरू यस प्रकार छन्ः
बाणगंगा नगरपालिका
नगर प्रमुख चक्रपाणि अर्याल
उपप्रमुख रीता थारू
कपिलवस्तु नगरपालिका
नगर प्रमुख डा।राजेशकुमार गुप्ता
उपप्रमुखतुल्सा गैरे
बुद्धभूमि नगरपालिका
नगर प्रमुखमा पिताम्बर खनाल
उपप्रमुख मञ्जु थारू
शिवराज नगरपालिका
नगर प्रमुख महादेव पोख्रेल
उपप्रमुख शिवकुमारी थारू
कृष्णनगर नगरपालिका
नगरप्रमुख कुनालप्रताप शाह
उपप्रमुख विम्लेश मौर्या
महाराजगञ्ज नगरपालिका
नगरप्रमुखम रामदास चौधरी
उपप्रमुख भानमती यादव
विजयनगर गाउँपालिका
अध्यक्ष गोपालबहादुर थापा
उपाध्यक्ष लक्ष्मीथारू
शुद्धोधन गाउँपालिका
अध्यक्ष बिनोद चौधरी
उपाध्यक्ष जलिमुन्निसा मुसलमान
मायादेवी गाउँपालिका
अध्यक्ष जगरनाथ कुर्मी
उपाध्यक्षमा विमलावती पासी
यशोधरा गाउँपालिका
अध्यक्ष शिवराज तिवारी
उपाध्यक्ष गुुन्जा मौर्या
त्यस्तै जिल्लाका १० वटै स्थानीयतहका ९६ वडाका अध्यक्षतथा वडा सदस्यमा समेत उम्मेदवारी दर्ता गरिएको एमाले जिल्लाप्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण बेल्बासेले वताउनुभयो ।
भारी मतले जितिने छः खनाल
बुद्धभूमि नगरपालिकामा मेयरका लागि उम्मेदवार बन्नुभएका पिताम्वर खनालले यस पालिकामा नेकपा एमालेले भारी मतका साथ विजय हासिलगर्ने वताउनुभयो ।
सादगी स्वभाव ,मिलनसार ब्यक्तित्व , सामान्य पहिरन ,सबैका कुरा सुन्ने, निश्पक्षवोल्ने , कुनै लोभलालचमा नफस्कने स्वभावका व्यक्तिका रूपमा परिचय बनाउन भएका ६५ बर्षीय खनाल करिव पाँच दशक लामो समाजसेवा र राजनीतिक जीवनमा पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवसर पाउनुभएको हो ।
आफूले निर्वाचनमा सहजै जित्ने दृढ विश्वास व्यक्तगर्नु हुने खनालका आफूले निर्वाचन जित्ने आधार सुनाउँदै भन्नुहुन्छ– मेरो इमान्दारी, ४५ वर्षसम्मको निरन्तर समाजसेवा , पार्टीको दरिलो संगठन , सबै वडामा सक्षमउम्मेदवार आदि नै मेरो जीतका आधार हुन् ।
एमाले जिल्ला कमिटिको सचिवालय सदस्यका रूपमाकामगर्दै आउनुभएकाखनालबिगत ३० वर्षदेखि जिल्ला कमिटीमा रहेर कामगर्दै आउनुभएको छ ।
बुद्धभूमिमा यसैबर्षदेखि अस्पताल
एमाले बुद्धभूमि नगरपालिकामा नगरप्रमुखका उम्मेदवार पिताम्वर खनालले यहीवर्षदेखि बुद्धभूमिमा डाक्टरसहितको अस्पताल चलाउने बताउनुभएको छ ।
घरदैलो कार्यक्रमको क्रममा नगरप्रमुखका उम्मेदवार खनालले भवन नबनेसम्म स्वास्थ्य चौकीबाटै अस्पतालको सेवाप्रदान गरिने बताउनु भयो । ‘धेरै पालिकाले भवन नभएपनि आधारभूत अस्पताल सुरू गरेका छन् । हामीपनि त्यसरी नै चलाउँछौ । तपाईहरू ढुक्क हुनुहोस्, यही सालबाट नगरपालिकामा सरकारी डाक्टरबाट चेक जाँच हुन्छ ।’ नेताखनालले भन्नुभयोे ।
एमाले सरकारले देशभरिकापालिकामा अस्पताल खोल्न बजेट ब्यवस्था गरेपछि मात्र नगरपालिकामा अस्पताल भवन बनाउन टेण्डर आह्वान भएको खनालले वताउनुभयो । अस्पताल सञ्चालनमा हालका जनप्रतिनिधिले पाँच बर्षसम्म चासो नदिएको र कार्यकाल सकिने बेलामामात्र अस्पतालको कुरा चलेको उहाँको भनाइथियो ।
मधेशीमतदाताले भन्नथाले– एमाले भरोसायोग्य
शिवराज नगरपालिकामा नेकपा ९एमाले० ले चुनाबी घरदैलो अभियान शुरू गरेको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा यस नगरपालिकामा एमालेले विजयप्राप्त गरेको थियो । यस नगरपालिकामा एमालेका जनप्रतिनिधिले गरेका कामको आधारमा मतदातासँगभोट माग्दै र केही अधुरा योजनापूरा गर्न पनि एमालेका उम्मेदवारलाई जिताउन अनुरोध गर्दै उम्मेदवारहरू र स्थानीय नेता कार्यकर्ता घरदैलो अभियानमा हिंडेका छन् ।
शिवराज–८पकडी लगायत विभिन्न गाउँमा घरदैलोमा व्यस्त एमालेका उम्मेदवार, बिगतमा एमालेका उम्मेदवारले झण्डा लगाउन डराउनुपर्ने मधेसका बस्तीमा यसपटक एमाले समर्थक मतदाताले समेत खुलेर प्रचारप्रसार गरेका छन् ।
स्थानीयतहको निर्वाचनलाई केन्द्रित गरेर शनिवार प्रचारप्रसार र घरदैलोमा पुगेका एमाले उम्मेदवारले पकडीवासीलाई एमालेलाई विजयी गराउन अनुरोध गरेका छन् ।
विगत पाँच वर्षदेखि स्थानीय सरकारको अनुभूतिगर्न पाएका वडावासीले एमाले उम्मेदवारलाईजिताउने बताएकाछन् । नगरभित्रका सबै क्षेत्रलाई सम्बोधनगर्ने तीनदर्जन भन्दाबढी घोषणा पत्र र प्रतिबद्धता बोकेर टोलटोमा पुुगेका एमालेका नेता तथा उम्मेदवारहरूसँग वडावासीले आशा र भरोसाको पार्टी एमाले नै भएको बताएका छन् ।
गत स्थानीयतहको चुनावमा गरेका प्रतिवद्धता पूरा गर्दै नगरवासीको मन जितेका एमाले उम्मेदवारका जनप्रतिनिधि शिवराज नगरपालिकामा पुनःनगरवासीको सेवामा खट्न एमाले शिवराजले युवा नेतामहादेव पोख्रेललाई नगर प्रमुखमा अगाडि सारेको छ ।
त्यस्तै नगरवासीको भावनालाई ख्यालगर्दै उपप्रमुखमा शिवकुमारी चौधरीलाई दोहो¥याएर उम्मेदवार बनाएको छ । त्यस्तै वडाको नेतृत्वगर्न वडावासीको मर्मलाई बुझ्दै उम्मेदवार खडा गरेको छ । वडा नं. ८ मा अध्यक्षपदका उम्मेदवार आनन्दकुमार शुक्लाहुनुहुन्छ । शिवराज नगरपालिकामा एमालेले सबै वडामा घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।
“समृद्ध शहर, स्वरोजगार नागरिक र आत्मनिर्भर नगर”भन्ने नारालाई आत्मसातगर्दै शिक्षा, स्वास्थ्य, कृषि ,खाद्यतथाआवास, सडक तथायातायात, उर्जा विकास, सञ्चार, खानेपानी र सरसफाई, रोजगारी, कला संस्कृति, पर्यटन विकास लगायतका प्रतिवद्धतासहित एमाले शिवराज चुनाबी मैदानमा उत्रिएको छ ।