शिक्षा, स्वास्थ्य र कृषि मेरो पहिलो प्रथामिकता होः उम्मेदवार निशा थारु

२०७९ बैशाख १९ गते, सोमबार

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको उपाध्यक्ष लागि उम्मेदवारी दर्ता गराउनु भएको निशा थारुले शिक्षा, स्वास्थ्य र कृषि मेरो पहिलो प्रथामिकता रहेको बताउनु भएको छ । नेपाली कांग्रेस बाट उपाध्यक्षका लागि उम्मेदवार बन्नु भएकि थारुले पालिका बिकास एवम् समृद्धिका लागि आफ्नो जित आवश्यक रहेको बताउनुभयो। पालिकामा शिक्षा, स्वास्थ्य र कृषि पहिलो प्रथामिकता राखेर आफुले उम्मेदवारी दिएको बताउनुभयो। सदैव पालिकावासिको हितका लागि काम गर्ने गरि अघि बढ्ने छु ।
उहाँले भन्नुभयो । पालिका लाई भष्ट्राचार मुक्त बनाउदै जनता लाई शुसासनको प्रत्याभूति दिलाउने काममा आफु लागि पर्ने उहाँको भनाई छ । अनेक चुनौती का बाबजुद चुनावि मैदानमा उत्रिएको र पार्टीले आफु माथि गरेको विश्वास कायम राख्दै पालिका बासिको समस्यालाई समाधान गर्ने उहाँले बताउनुभयो। ‘विगत याको ५ वर्ष पालिका जुन गतिमा अघि बढ्नु पर्ने थियो , त्यसरी अघि बढ्नु सकेन , त्यसको कारण असक्षम नेतृत्व नै हो ।अब त्यो नेतृत्व परिवर्तन गर्ने समय आएको छ , पालिका वासिले मलाई साथ दिने छन् ।
उहाँले भन्नुभयो। उहाँले पालिकामा रहेका स्वास्थ्य चौकी स्तरोन्नति गर्ने , २० युनिट भन्दा कम विधुत खपत गर्ने गरिब विपन्न लाई निशुल्क प्रदान गर्ने , ५ वर्षभित्र एक घर एक धाराको आवधारणा पुरा गर्ने , पालिका भित्र रहेका हरेक विधालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने जस्ता कार्य आफ्नो पहिलो प्रथामिकतामा पर्ने उहाँको भनाई छ । विजयनगर गाउँपालिमा नेकपा एमाले ले गत २०७४ सालको स्थानीयतहको निर्वाचनमा जित हात पारेको थियो ।
अहिले त्यो नतिजा लाई उल्टाउन आफु सक्षम रहेको उहाँले दाबी गर्नुभयो ।

थारु पछिल्लो समय कुशल नेतृत्वका रुपमा स्थापित हुनुहुन्छ । पालिकाका सम्पुर्ण अग्रज नेता कार्यकर्ताको समेत आफुलाई साथ सहयोग मिल्ने उहाँले विश्वास समेत व्यक्त गर्नु भएको छ । उहाँले विभिन्न संघसंस्थामा आवद्ध भई कुशल नेतृत्वदायि भुमिका निर्वाह गरिसक्नु भएको छ । पालिकावासीको आवश्यकता एवम अपेक्षा लाई आत्मसात गर्दै आफु अगि बढने प्रतिवद्धता जनाउनु भएको छ । पालिकावासिको माझ लोकप्रिय रहनुभएकि वहाँ सामाजिक कार्यमा सक्रिय हुदैं आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न समक्ष देखिनुहुन्छ ।
पालिकाको नेतृत्व आफुले पाए पालिकालाई शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार,सडक विधुत, कृषि, क्षेत्रमा अगाडि बढाउने उहाँले जिकिर गर्नुभयो । उहाँले पालिकावासी लाई विश्वास गरेर एकपटक पालिकाको नेतृत्व गर्ने अवसर दिन आह्वान समेत गर्नुभयो । उहाँले पार्टी बाट प्राप्त जिम्मेवारी इमान्दारीका साथ पूरा गर्दै आउनुभएको छ । समग्र क्षेत्रमा सदैव सक्रिय रहने उहाँ कुशल नेतृत्व गर्न सक्षम रहेको बताइन्छ । उहाँ उपाध्यक्षको बलियो दाबेदार रहेको बताइएको छ ।

229 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal