नगरमा प्रमुख नभएकाले महत्त्वपूर्ण निर्णय लिन सकेनौंः उम्मेद्वार अर्याल

२०७९ बैशाख १९ गते, सोमबार

कपिलवस्तु । नेकपा एमाले बाणगङ्गा नगर मेयरका उम्मेद्वार चक्रपाणि अर्याल ले गत पाँच बर्षमा नगर प्रमुख एमालेको नहुदा बिकास निर्माण का महत्त्वपूर्ण निर्णय लिन नसकेको बताउनु भएको छ । स्थानिय चुनाव को प्रचार प्रसार गर्ने कार्यक्रममा आज बाणगङ्गा ९ चौवामा भएको स्थानिय भेटघाट तथा कोणसभा कार्यक्रममा उम्मेद्वार अर्याल ले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै अर्याल ले भन्नुभयो ” गत कार्यकालमा नगर प्रमुखमा हामि झिनो भोट अन्तरले हार्यौ, त्यहि कमजोरिकै कारण नगरका महत्त्वपूर्ण बिकास निर्माणका निर्णयमा हामिले निर्णय लिन सकिएन । हामिले गरेका बिकासका महत्त्वपूर्ण निर्णय खारेज गर्ने सम्मका काम पनि भए ।” उहाँले भन्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै उपमेयकि उम्मेद्वार रिता थारुले महिलाका, बालबालिका तथा पिछाडिएका बर्गको समस्या समधान गर्न सुर्यमा भोट हाल्नुपर्ने बताउनु भएको छ । बाणगङ्गामा बेलाबेलामा बलात्कार लगायत विभिन्न समस्या देखिएको हुदा त्यस्ता समस्या समधान गर्न पनि सुर्यमा नै भोट दिएर एमालेका उम्मेद्वार लाई जिताउन आग्रह गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै ९ का वडा अध्यक्षका उम्मेद्वार कमल पौडेलले चुनाव जित्ने पक्का भएको र आफ्नो कार्यकालमा ९ नम्बर वडा लाई बाणगङ्गा कै नमुना वडा बनएर देखाउने बताउनुअ भयो ।

नेकपा एमाले प्रदेश सदस्य जन्जिर प्रसाद थारु, एमाले बाणगङ्गा नगर उपप्रमुख उम्मेद्वार रिता थारु, वडा नम्बर ९ अध्यक्ष का उम्मेद्वार कमल पौडेल सदस्यहरु केसरा गुरुङ,बसन्ति गायन, भिम बहाउदुर पुन, नुमलाल थारु लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

199 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal