निर्वाचनको मौका छोपी काठ तस्कर बढदै , प्रहरीद्वारा अवैध काठ बरामद
कपिलवस्तु । सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले प्रतिबन्धित भारतीय काठ बरामद गरिएको छ।
बगैचामा पराल मुनि राखेको काठ सोमवार सांझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल डालपुर र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले बरामद गरेको इप्रका गणेशपुरका प्रहरी निरिक्षक विजय तिमल्सिनाले जानकारी गराउनुभएको छ ।
विजयनगर गाउंपालिका ७ गेडुवजोत को एउटा बगैचामा लुकाएर राखिएको अवस्थामा २५ हजार बराबरको ६० क्युबफिट सिसमको काठ बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाल(भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट प्रतिबन्धित कालो सिसम र टिकको काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६,७ र कृष्णनगर नगरपालिकाको वडा १२ भारतिय जंगलसंग जोडिएकाले नदीको किनारमा अवस्थित गाउंहरुमा राति तस्करहरुले काठका गोलियाहरु बगैँचा, पराल अथवा गोठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन ।
जिल्लाको पश्चिम सिमानाको लालपुर, गेडुवाजोत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतको क्षेत्र हुदै काष्ठभित्रिदै आएको स्रोतले जनाएको छ ।