बुद्धभूमि २ लाई नमुना वडा बनाउछु: वडा अध्यक्षका उम्मेवार श्रेष्ठ

२०७९ बैशाख २१ गते, बुधबार

कपिलवस्तु । एमाले बुद्धभूमि नगरपालिका २ नम्बर वडा अध्यक्षका उम्मेवार निलकुमार श्रेष्ठले बुद्धभूमि २ नम्बर वडालाई नमुना बनाउने बताउनु भएको छ । घरदैलो गर्दै जनता सँग मत माग्ने क्रममा श्रेष्ठले लुम्बिनी प्रदेशको बिचको भागमा वडा पर्ने हुँदा पर्यटकको विश्राम स्थलको रुपमा विकास गर्ने बताउनु भयो ।

वडा भरी सडक बत्ती जडान गर्ने कार्य पहिलो वर्षमा सक्ने र सिसिटिभी जडान गरी निगरानी बढाउने बताउनु भयो । खेलकुदको हव समेत भएको हुँदा खेलाडीलाई प्रोत्साहन गर्दै खेलमैदान लाई स्तोरउन्नती गर्ने बताउनु भएको छ ।

430 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal