कृणनगरमा कुनाल प्रताप शाहको योजनाः नगरमा डिग्री पढाइ हुने क्याम्पस अनिवार्य

२०७९ बैशाख २१ गते, बुधबार

सुमन पौडेल, कपिलवस्तु । देशभर नै स्थानिय तहको निर्वाचनको माहोल बढ्दै गएको छ । उम्मेद्वारहरुले आफना प्रतिबद्धता र घोषणा पत्र सहित चुनाबि माहोलमा ओत्रिएका छन् । यसै गरि यता आसन्न स्थानिय निर्वाचन २०७९ का लागि नेकपा एमाले कृष्णनगरले मेयर पदको उम्मेदवारको रुपमा कृष्णनगरका प्रभाव शालि युवा नेता कुनाल प्रताप शाहलाई खडा गरेको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा कृष्णनगरका एमाले नेता कुनाल प्रताप शाह घर दैलोमा पुगेर अहोरात्र खटेर ब्यस्त भएका छन । नगरको विकासका लागि स्पष्ट खाका बनाएर पार्टी र आफना ब्यक्तिगत प्रतिबद्धताका साथ उम्मेदवार बनेका शाह बलियो उम्मेदवारको रुपमा रहेका छन । केहि दिन अघि मात्रै ‘समृद्ध नगर , सुखी नगरवासि प्रतिबद्धता भन्ने चुनावि नारा सहित एमाले कृष्ण्ननगरले चुनाव लक्षित दर्जनौ योजनासहित घोषणा पत्र सार्वजनिक गरेको थियो । तर हाल सम्म पनि कृणनगर नगरपालिका भित्र अहिले सम्म पनि उच्च शिक्षा हासिल गर्नका लागि भने विधालय नै नभएको अवस्था रहेको छ । उच्च शिक्षा हासिल गर्नका लागि त्यहाँ विधार्थीहरु बाहिरी जिल्ला जानु परेको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दे एमाले कृष्ण्ननगरले आफनो दर्जनौ योजनासहितको घोषणा पत्रमा निकै महत्वपूर्णका साथ यसलाई हेरेको छ ।

नेकपा एमाले कृणनगर नगरपालिका मेयर पदको उम्मेदवार कुनाल प्रताप शाहले आफु निर्वाचित पछि कृणनगर नगरपालिकामा नै डिग्री पढाइ हुने क्याम्पस निर्माण गर्ने र बाहिरी जिल्लामा गई पढनु पर्ने बाध्यता हटाउने प्रतिबद्धता जनाएका छन् । कृष्णनगर नगरपालिमा विगतमा भएका कमि कमजोरीहरुलाई सुधारदै जाने र नगरवासीहरुको सदैव हितका निम्ति काम गर्ने समेत उहाँले प्रतिबद्धता जाने समेत बताए । अन्तराष्ट्रिय स्तरमा समेत नगरपालिकाको सम्बन्ध कायम राख्न अगाडि बढ्ने र नगरका विभिन्न क्षेत्रमा आवश्यकता अनुसार सामुदायिक पुस्तकालय, ई-लाईब्रेरी स्थापना गर्ने बताएका छन् । नगरपालिकाको नियमित कार्यक्रम र नगर परिषद्बाट पारित वार्षिक योजनाहरु आर्थिक विकास, पूर्वाधार विकास तथा सामाजिक विकासका योजनाहरु जनसहभागितामा गुणस्तरिय कार्यका साथ नगरपालिका र नगरवासीको आधारभूत आवश्यकता समेट्ने योजना सहित निर्वाचनमा होमिएको बताए ।

विगतका दिनमा विना योजना अनुसार काम गर्दा नागरिकको जीवन स्तरमा कुनै परिवर्तन नभएकोले आगामी दिनमा कृष्णनगरको चौतर्फी विकासको लागि कुनाल प्रताप शाहबाट नै सम्भव रहेको मतदाताहरुले बताएका छन् । शाहले चुनावी प्रचारप्रसारलाई तिब्रता दिदै घोषणापत्र अनुसार काम गर्ने मतदाताहरु संग प्रतिबद्धता गरिरहेका छन् । शाह जनताको लोकप्रिय नेता भएकोले उनि संगै कृष्णनगरबासी लगाएत उम्मेदवारमा रहेका प्रभावशाली व्यक्तिहरु उपमेयर,वडा अध्यक्ष र सदस्यहरुको साथ सहयोग रहेकोेले चुनाव जित्ने निश्चिति नै रहेको आकालन गरिरहेका छन् ।
एमाले कृष्ण्ननगरले सार्वजनिक गरेको चुनाव लक्षित दर्जनौ योजनासहित घोषणा पत्रहरु यस्ता छनः

  • एमाले कृष्णनगरमा चुनावि प्रतिबद्धता
  • गुणस्तरिय र सुलभ शिक्षा
  • आधारभुत स्वास्थ्य
  • अपागंमैत्री तथा बालमैत्री पुर्वाधारहरु निर्माण
  • लक्षित समुदायका लागि शीप र सशक्तिकरण तालिम
  • “समृद्ध शहर, स्वरोजगार नागरिक र आत्मनिर्भर नगर कार्यक्रम
  • खानेपानी आयोजना
  • नविकरणीय र बैकल्पीक उर्जा
  • पर्यटन र पूर्वाधार विकास
  • स्थानीय उत्पादनको बजारीकर
  • घोषणापत्रमा सामुदायिक शिक्षालाई गुणस्तरीय,सिपमूलक बनाउने नगरको मुलुकको हितका कार्यक्रम समेटेको छ ।
472 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal