बुद्धभूमि–५ मा वडाध्यक्षको उम्मेदवारमा थापालाई देख्दा जनतामा विकास हुने आशा
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ५ का वडाध्यक्ष पदका उम्मेदवार रोम बहादुर थापाले कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार थापाले वडामा धेरै जनता कृषिमा आश्रित भएकाले कृषिमा आधुनिकिकरण गरि व्यवसायिक कृषितर्फ जोड दिने बताउनुभएको हो । दुई दशक बढीदेखि पार्टीको संगठित सदस्य भई विद्यार्थी राजनीति मार्फत राजनीति सुरु गर्नुभएका थापा पार्टीका हरेक कार्यक्रममा पुग्ने र पार्टीका जिम्मेवारी कुशलतापुर्वक पुरा गर्दै आउनुभएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा वडावासीका आवश्यकता तथा मागलाई सम्बोधन गर्न ब्यस्त हुनुभएका थापाले यस अघिका वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुले नगरेका र अधुरा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडामा अझै पनि गुणस्तरीय सडक बन्न नसकेकाले त्यस तर्फ ध्यान जाने, गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि अहोरात्र खट्ने थापाले बताउनुभएको छ । संयौ कार्यकर्ताको उपस्थितीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम भईरहेकाले थप हौसला मिलेको बताउदै वडावासीको सेवा गने अवसर प्रदान गर्न आग्रह गर्नुभएको छ ।
वडाका गरिव, विपन्न, अपांगता भएका परिवार, ज्येष्ठ नागरिक, महिला, दलित हरेक समुदायलाई समावेश गरि वडाका हरेक क्रियाकलाप सञ्चालन गर्ने उहाँले बताउनुभयो । वडाध्यक्ष पदको उम्मेदवारको रुपमा एक युवालाई पाउँदा मतदाताहरु विकासको आशा गर्दै खुसी भएका छन् । यतिवेला थापा वडाध्यक्षको बन्ने चर्चा रहनुभएको छ । थापा युवावर्गहरुको रोजाई लोकिप्रय व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।