यशोधरा गाउपालिकालार्ई खरको छाना मुक्त गाउपालिका बनाउनेः अध्यक्ष उम्मेद्वार तिवारी

२०७९ बैशाख २२ गते, बिहीबार

नेकपा एमालेबाट यशोधरा गाउपालिकाको अध्यक्षमा उमेदवारी दिनुभएका शिव दयाल तिवारीले आफुले जिते गाउपालिका शिक्षा स्वास्थ्य र कृषिमा जिल्लामै अगाडी पुर्याउने बताउनुभएको छ ।
विगत पाच वर्षमा पनि शिक्षा स्वास्थ्य र कृषिमा यशोधरा गाउपालिकामा खासै विकास नभएकाले एमालेको सरकार आए जनताले विकासको महसुस गर्ने बताउनुभयो । एमालेले जिते गाउपालिकालाई खरको छाना मुक्त गाउपालिका बनाउने, खानेपानीको उचित व्यवस्थाका लागि ओभरहेड ट्याङ्ग्कि निर्माण गर्ने,कृषिमा उचित अनुदान दिई सिचाईका लागि बोरिङ्गको व्यवस्था गरिदिने, उच्च शिक्षा अध्यान गर्ने विध्यार्थिलाई गाउपालिकाबाटै सहयोग गर्ने लगायतका काम गर्ने तिवारीले बताउनुभयो। तिवारीले आफुले जिते जनताको सेवाका लागि आफु दिनरात खटिने र जनताको मनोभावनालाई ख्याल राखी काम गर्ने प्रतिवदता गर्नुभयो ।

250 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal