शिवराज नगरपालिका एमालेका उम्मेदवार थारु निकै चर्चामा

कपिलवस्तु । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुको चर्चा चल्ने गरेको छ । हरेक राजनीतिक दलहरु घरदैलो कार्यक्रममा होमिएको पाइन्छ । यसै चुनावी महोलले गाउँ शहर सबै ठाउँ बाजागाजासहित झन्डा लागयतले रंगीचंगी बनेको छ । कसले बाजि मार्ला ? को समाजको मुहार फेर्न लायक छ ? आदि इत्यादि लगायत यवाद प्रश्नहरू अहिले अधिकांशको खुल्दुली भइरहेको अवस्था छ ।
यसैक्रममा जिल्लाको शिवराज नगरपालिका वडा नम्बर २ मा स्थानीय तह निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । घरदैलो अभियानकै क्रममा नेकपा एमालेबाट वडा न २ को अध्यक्षको उम्मेदवार बनेका कल्लु थारु वडावासीका समस्या समाधानका घोषणापत्र आफ्ना चुनावी एजेण्डा सहित चुनावि घरदैलोमा जुटेका छन् । वर्षौं देखि समाजसेवीको रुपमा वडामा काम गर्दै आएका उम्मेदवारी दिएका थारु यतिबेला सबैले रुचाईएका एक पात्र सावित हुँदै चुनावी मैदानमा अब्बल उम्मेदवारको रुपमा देखिएका छन् ।
समाजसेवी भएर काम गर्दै आएका उम्मेदवार थारु वडावासीको सेवक बन्ने आसमा रहेका छन् । वडावासीको मर्म र भावना अनुसार आफ्नो चुनावी एजेण्डा तयार पारेका थारुले वडामा जनप्रतिनिधि बनेर सेवक भएर इमान्दारीपुर्वक काम गर्ने प्रतिवद्धता समेत उनले जनाए । लामो समयदेखि सहकारी, एनजीओ लगायत विभिन्न संघसंस्थाहरुमा आबद्ध भएर कार्य अनुभव रहेका थारुले वडाभित्र समस्याको रुपमा रहेको सुकुम्बासी समस्या आफू निर्वाचित पछि समाधान गर्ने दावी गरेका छन् ।
उनले त्यसैगरी वडामा खरको छानो मुक्त गर्ने र वडामा शिक्षा, स्वास्थ्य, कृषि , खेलकुद, खानेपानी र यातायात लगायतका योजनाहरु मुख्यरुपमा अगाडि सारेका छन् । देशमा समृद्धि र विकासका लागि सर्वसाधारणलाई एमाले वडा कमिटीले सुर्य चिन्हमा मतदान गरि जिताउन आग्रह गरेको छ ।