कृष्णनगरको मेयरमा कुनाल प्रताप शाहको प्रबल संभावना: कस्ले मार्ला बाजि ?

२०७९ बैशाख २२ गते, बिहीबार

कृष्णनगर । कृष्णनगर नगरपालिकामा नगरप्रमुख पदका उम्मेदवारहरु आफ्नो प्रचार प्रसार तीव्र पार्दै गएपनि को बाजि मार्ला भने अटकलबाजी बढदै गएको छ ।

यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकदै जांदा कृष्णनगर नगरपालिकाका नगरप्रमुख पदमा उम्मेदवारहरु दलबलका साथ गाउंगाउं पुगेर आफ्ना एजेन्डाहरु प्रस्तुत गरी मतदातालाइ लुभाउने प्रयासमा छन । मतदाताले पनि सबै उम्मेदवारलाई अश्वासन दिदै आएको छ तर निर्वाचनमा जीत एक जनाको मात्र हुने भएकाले राजनितिक अटकलबाजी केही पुराना राजनिति कर्मीहरुले चौक चौकमा चलाईरहेका छन ।

स्थानीय तह निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवारी दिएका रजत प्रताप शाह कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा चार हजारभन्दा बढी फरक मतान्तरले तात्कालिन माओवादीका उम्मेदवार शिवप्रसाद जयसवाललाई पछाडि पार्दै जीत हासिल गरेका थिए ।

शाह परिवार जनाधारमा बलियो मानिए तापनि एउटै परिवारका अर्का सदस्य कुनाल प्रताप शाह पनि एमालेको टिकटबाट नगरप्रमुख पदमै लडेकाले रजत प्रताप शाहको भोट कट्न सक्ने अनुमान गरिरहेका छन । कृष्णनगर नगरपालिकामा एमालेको जनलहर चलीरहेको र सक्षम युवा कुनाल प्रताप शाह मेयर पदमा उम्मेद्धारि दिएकाले कुनाल प्रताप शाहको प्रबल संभावना रहेको छ ।

पैतृक भोटबैंकमा बलिया शाह नगरप्रमुखको उम्मेदवारमा यो अन्तिम पटक लड्ने बताएका छन साथै अबको प्रमुख लक्ष्य नै सुशासन सहितको समृद्ध नगर रहेको बताउनुभएको छ ।

त्यस्तै विगत दुई बर्षदेखि माओवादी छोडेर नेकपा एमालेको संगठन बिस्तारदेखि लिएर कृष्णनगर क्षेत्रमा पार्टीको अस्तित्व बनाउन प्रयास गर्दै आएका शिवप्रसाद जयसवाललाई पार्टीले टिकट नदिएकाले स्वतन्त्र उम्मेदवारीमा उनका छोरा महेश जयसवाल पनि बुवाको भोटबैंकको , फाइदा लिने र अन्य उम्मेदवार भन्दा बलिया भई प्रस्तुत हुने प्रयासमा छन । उनी जनताले चाहे अनुरुपको बिकास म मात्रै दिन सक्ने बताएका छन ।

अर्कातिर जनता समाजबादी पार्टी नेपालबाट नगरप्रमुखमा उम्मेदवारी दिएर चुनावमा होमिएका पार्टीका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले पनि आफू अन्य प्रतिस्पर्धीभन्दा अहिले मजबुत स्तिथिमा रहेको बताउंछन । उनी भन्छन – मधेश आन्दोलनको जग बसालेका उपेन्द्र यादव नेतृत्वको जसपाले मलाई नगरप्रमुख पदमा विस्वास गरेको छ त्यसैले म र सबै वडाका प्रतिनिधिहरु निर्वाचित हुनेछौं किनभने हामीसंग मधेशी , मुस्लिम , जनजाति लगायत पिछडिएका समुदायको बलियो समर्थन रहेको छ ।उनीसंगै रहेकी उपप्रमुख आरती सिंह यादव कारण पनि यादव भोटको ध्रुवीकरण हुने सम्भावना बढ्दै गएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९लिङ्देन० बाट नगरप्रमुख पदमा कडा प्रतिस्पर्धामा रहेका अर्का उम्मेदवार दीपक रजौरिया पनि पुराना राजनीतिक घारानाबाट चुनावी मैदानमा उत्रेकाले पैतृक भोटबैंकको फाइदा हुन्छ नै साथै नया दर्ता भएको जनताप्रगतिशील पार्टीको पनि समर्थन रहेको सुनिएकाले उनले पनि रोमान्चक प्रतिस्पर्धा गर्ने आकलन गरिदै आएको पाइन्छ । उनीसंगै उपप्रमुखमा रहेका श्याम मिश्रका कारण पनि केही ब्रहम्मण भोट रजौरियामै जाने बुझाइ छ।

माओवादी केन्द्रबाट प्रदेश सभा निर्वाचनमा कपिलवस्तु९ख०बाट दोस्रो नम्बरमा रहेका जावेद खां पनि कृष्णनगर नगरपालिकाका बलिया उम्मेदवार मध्ये एक हुन । उनकै भाइ बुहारी सबनम खातुन स्थानीय तह निर्वाचन २०७४ मा उपप्रमुखमा जीतेकी थिइन त्यसपछि यस निर्वाचनमा खांलाई पार्टीले बिस्वासी उम्मेदवारका रुपमा अगाडि सारेको छ । मुस्लिम समुदायमा राम्रो पकड भएका नेता मध्ये एक उम्मेदवार जावेद खां कृष्णनगर यातायात व्यवासायी समिति का अध्यक्ष पनि हुन साथै कृष्णनगर क्षेत्रका केही वडामा उनको राम्रो भोटबैंक भएको मानिन्छ ।

त्यसैगरि अर्का उम्मेद्वार कांग्रेस संसदीय दलका नेता एवं प्रदेश सांसद विरेन्द्र कानोडियाका भतीज मनोज कुमार कानोडिया पनि दलित,विपन्न समुदायको हकहितका लागि लड्दै आएको बहुजन शक्ति पार्टी बाट नगर प्रमुखमा उम्मेदवारी दिएका छन । नेपालि कांग्रेसबाट टिकट नपाएपछि उनी आफ्नै काकाको पार्टी नेपाली कांग्रेस विरुद्ध चुनावी मैदानमा होमिएका छन । घरदैलोदेखि लिए सोसलमिडियामा पनि उनको व्यापक प्रचार प्रसार भइरहेकाले उनी पनि कृष्णनगरमा बलिया उम्मेदवारका रुपमा आफ्नो उपस्थिति देखाउने प्रयासमा छन ।

कृष्णनगर नगरपालिकामा जातिय भोटबैंकको धेरै प्रभाव रहेकोले अधिकांश उम्मेदवार जातिय समिकरण बनाउदै प्रचार प्रसारमा व्यास्त भएको पाइन्छ । नगरपालिकाभित्र लगभग ३८ हजार मतदाता छन जसमा यादव , कुर्मी, ब्रहम्मण , दलित , मुस्लिम लगायतको मजबुत जातिय फ्याक्टरको आफ्नो महत्त्वपूर्ण भुमिका हुनेछ, साथै कुल ८४ गाउंमध्ये प्रत्येक गाउंको भोट समेट्ने उम्मेदवार बढी प्रबल हुने र चुनावी चक्रव्युहलाई पार गर्दै जीत हासिल गर्न सक्ने सम्भावना रहेको स्थानीय वरिष्ठ राजनितिज्ञहरुको आकलन छ ।

322 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal