बाबुवादको विपक्षमा जनादेशः अध्यक्षका प्रत्यासी चौधरी

कपिलवस्तु । नेकपा (एमाले) को तर्फबाट शुद्धोधन गाउँपालिकाका अध्यक्षका प्रत्यासी बिनोद चौधरीले बावुवाद नहेरी जनताले कामको आधारमा आफ्नो पार्टीलाई विजयी गराउने बताउनु भयो । गाउँपालिका अध्यक्षका प्रत्यासी चौधरीले मधेशी समुदायमा अहिले पनि ब्याप्त बावुवादको विपक्षमा जनादेश आउने कुरामा आफु विश्वस्त रहेको दावी गर्नु भयो ।
अध्यक्षका प्रत्यासी चौधरीले केपि ओली सरकारले गरेका भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सिमा सुरक्षा, राष्ट्रियता स्वाधिनता जस्ता महत्वपूर्ण कामका कारण शुद्धोधनका जनताले एमालेलाई रोज्ने दावी गर्नु भयो । अध्यक्षका प्रत्यासी चौधरीले गाउँपालिका कार्यालयसंग सबै सहायक सडक जोडदै कालोपत्रे गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । चौधरीले एमाले सरकारले नेपाललाई अन्तराष्ट्रिय स्तरमा उच्च छविका साथ चिनाएको जिकिर गर्दै आफ्नो पार्टीले शुद्धोधन गाउँपालिकामा विजयी भएमा कृषिमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने , युवाहरुलाई रोजगारीसंग जोडने, सडक संजाल विस्तार गर्ने जस्ता कार्यहरुलाई प्रभावकारी कार्यान्वयन गर्ने दावी गर्नु भयो ।
चौधरीले स्पष्ट विकास प्रतिको दृष्ट्रिकोणका कारण शुद्धोधनमा एमालेले बहुमतका साथ विजय प्राप्त गर्ने दावी गर्नु भयो । त्यस्तै गाउँपालिका उपाध्यक्षकी प्रत्यासी जलिमुन्निसा मुसलमानले समुदायमा महिलाहरु माथि थुुप्रै विभेद रहेको चर्चा गर्दै विभेदका विरुद्ध आफुले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनु भयो । उपाध्यक्षकी प्रत्यासी जलिमुन्निसा मुसलमानले समुदायका विपन्न बालबालिका, हिंसा पिडित महिला र वृद्धका लागि एमालेले विशेष प्याकेज ल्याउने दावी गर्नु भयो ।